जनकपुरधाम । मधेश प्रदेशका सांसदहरुले निर्वाचन क्षेत्र विकास योजनाको काम तत्काल अगाडि बढाउन प्रदेश सरकारसँग गरेका छन ।
करीब दुई महिनापछि बसेको प्रदेश सभाको बैठकमा लोकतान्त्रिक समाजवादी पार्टीका प्रदेश सांसद रानीशर्मा तिवारी र सत्तारुढ दल जनता समाजवादी पार्टीका सांसद ज्ञानेन्द्र यादवले प्रदेश निर्वाचन क्षेत्रको काम तत्काल अगाडि बढाउन मांग गरेका हुन ।
तिवारीले भनिन् हामी प्रदेश सभा सदस्यहरुले असोज महिनामै आ आफ्ना योजना बुझाइसक्यौं तर ६ महिना बितिसक्दा पनि बजेट रहेपनि योजनाको काम अघि बढाइएको छैन, यहाँसम्म कि एउटा इन्जिनीयर पनि सरकारले तोक्न सकेको छैन ।
उनले आफूहरुको जानकारी अनुसार प्रदेश सरकारले व्यक्ति व्यक्ति हेरी निर्वाचन क्षेत्र विकासको कार्यक्रम अघि बढाउने गरेको छ । यस्तो हो भन्ने हामी संसद अवरुद्ध गर्नेछौं ।
उनले ‘अब त मलाई लाग्न थालेको छ कि हाउसमा हामी बोल्ने र सुन्ने मात्र हो कि कार्यान्वयन पनि गर्ने हो कि प्रश्न गरिन् । सरकारको नजरमा सबै प्रदेश सभा बराबर हुन । हामी सँग विभेद गरियो भने हाउस कुनैपनि हालत चल्न दिने छैनौ ।
सत्तारुढ सांसद ज्ञानेन्द्र यादवले पनि गत ६ महिनादेखि रोकिएको निर्वाचन क्षेत्र विकासको कार्यक्रम तत्काल अगाडि बढाउन मांग गरे । बजेट हुँदाहुँदै सरकारले विकासको काम अगाडि नबढाउनु भनेको भ्रष्टाचारको संकेत रहेको आरोप लगाए । उनले भने अहिलेसम्म ५० प्रतिशत भन्दा बढी काम सम्पन्न भइसक्नुपर्ने थियो, तर हालसम्म शुरु पनि नगर्दा, हतारमा काम गर्दा कमसल, गुणस्तरहीन काम हुने र भ्रष्टाचार हुने निश्चित रहेको छ ।
त्यस्तै अर्को प्रदेश सभा सदस्य किशोरी साह कमलले संसदिय विकास क्षेत्रको रकम बढाउनुपर्ने माग गरे । उनले यसै आर्थिक वर्षमा विकासको काम हुने भएकाले मुख्यमन्त्री, सत्तापक्ष र विपक्षी दलबीच बैठक बसेर रकम बढाउनुपर्ने माग गरे ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !