जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको दृष्टिगत गर्दै इजाजत प्राप्त हातहतियार बुझाउन अनुरोध गरेको छ ।
एक सूचना जारी जिल्ला प्रशासन कार्यालयले निर्वाचनलाई भरपर्दो एवं विश्वसनीय बनाउन जिल्ला भित्र रहेका इजाजत प्राप्त हातहतियार चैत मसान्त बुझाउन अनुरोध गरेको हो ।
ती हतियार नजिकका प्रहरी इकाईमा बुझाउन अनुरोध गर्दै निर्वाचन सम्पन्न पश्चात हतियार धनीले फिर्ता प्राप्त गर्न सक्ने समेत सूचनामा भनिएका छ । सूचनाको बर्खिलाप गए कानून बमोजिम कारवाही गरिने चेतावनी समेत प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा हस्ताक्षरित सूचनामा दिइएको छ ।


















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !