जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारबाट बाहिरिने बाध्यात्मक परिस्थितिमा एमसीसी परियोजनाको पक्षमा लागेकाे खुलासा गरेका छन ।
मंगलवार जनकपुरधाममा मधेश प्रदेशको आयोजित प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्ताे खुलासा गरेका हुन ।
उनले भने गठबन्धनका नेतृत्वकर्ता प्रधानमन्त्री शेरबहादुर नै प्रतिगमनकारी एमालेसँग मिल्न गइरहेकाे थियाे, यदि उनीहरूबीच सहमतिकाे सहमति कार्यान्वयन हुन्थ्याे भने सरकारबाट बाहिरिने, प्रदेश सरकारकाे नेतृत्व समेत खुस्किने र सभामुख पद समेत आफ्नाे पार्टीकाे गुम्ने बाध्यात्मक परिस्थितिमा हामीले एमसीसी परियोजनालाई स्वीकार गरेर पक्षमा मत हाल्यौं ।
उनले भने शुरुमा देउवाले हामीसँग तपाई विपक्षमा मत हाल्नु र कांग्रेसले पक्षमा मत हाल्ने पास भयो भने मेरो जीत नभए तपाईको जीत हुनेछ, संसदबाट पारित भएन भने म अन्तराष्ट्रियस्तरमा प्रयास गरियौं सकेनौं भन्न दिने सहमति भएको थियो ।
तर पछि देउवाजीले हामीसंग गरेकाे सहमतिलाई बेवास्ता गरि गठबन्धनलाई छोडेर प्रतिगमनकारी शक्ति केपी ओलीसँग सहमति गरियाे, तिनीहरूबीच गठबन्धन ताेडेर नयां सरकार बनाउने र लाेसपालाई सभामुख दिने सहमति भएपछि हामीले गठबन्धनकाे सरकार र देशलाई बचाउन एक कदम पछि हटेर एमसीसीकाे पक्षमा लागियाै ।
अध्यक्ष प्रचण्डले भने हुनत देउवाजीसँग ओलीको सहमति पश्चात हामी पनि लाज पचाएरै निकास खोज्न ओलीसँग भेटन गयौं । तर ओलीले कुनै टेरपुच्छर नलगाई हामीसँग सभामुखलाई हटाउ, आफूमाथि लगाइएको १९ बुँदे आरोप खारेज गरौ र माधवजीको समाजवादीका १४ जना सांसदलाई हटाउ शर्त राख्यो । उनको यो शर्तले गठबन्धन नै टुटने भएको देखेर हामी पछाडि फर्केर एमसीसी परियोजना संसदबाट पारित गर्ने निष्कर्षमा पुगेका हौं ।
उनले देउवाजीसँग ओली मिलेर गएको अवस्थामा वा हामीले ओलीजीको कुरा मानेर गएको दुवै अवस्थामा हाम्रो हातबाट सरकार जाने, प्रदेशको सरकार पनि जाने र सभामुख जस्ता पद समेत खोसिने थियो, त्यसले केही प्रभाव पर्ने थिएन । तर शान्ति प्रक्रिया नै खल्बाउने र देश पुनः प्रतिगमनको संघार अवस्था देखेर हामी एमसीसीमा सहमति जनाएको भन्ने कुरा जनतामा गएर बुझाउन नेता कार्यकर्ताहरुलाई निर्देशन दिए ।
कार्यक्रममा अध्यक्ष प्रचण्डले आगामी निर्वाचन बारे नेता कार्यकर्ताहरुलाई भने निर्वाचनमा माओवादी हारयो भने देशले नै हार्नेछ, अरु पार्टी हारे भने देशलाई कुनै असर पर्नेछैन, त्यसैले जसरी भएपनि हामी जित्ने प्रयासमा जुटन निर्देशन दिए ।
लामो संघर्षपछि भएको राजनीतिक परिवर्तनलाई उल्ट्याउने षडयन्त्र देशी–विदेशी प्रतिक्रियावादीबाट भइरहेको भन्दै उनले माओवादी परिवर्तनको नायक भएका नाताले पनि आफूहरुले आगामी चुनाव हार्न नहुने भने ।
यसका लागि आक्रामक ढंगले गएर प्रतिक्रियावादीविरुद्ध जनतालाई आन्दोलित र संगठित गर्नुपर्नेमा उनले जोड दिदैं उनले कार्यकर्ताहरुलाई भने, ‘हाम्राविरुद्ध षड्यन्त्र गर्ने, धाँधली गर्न चाहनेलाई ईँटको जवाफ पत्थरले दिने गरी तयारी गर्नुपर्छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !