जनकपुरधाम । जनकपुरधाम सहित मिथिला क्षेत्रको पर्यटकीय र व्यवसाय प्रवद्र्धनको दृष्टिगत गर्दै जनकपुरधाम सप्ताहव्यापी श्री मिथिला महोत्सव आयोजना हुने भएको छ ।
आइडिया पिक्सलको आयोजना र जनकपुरधाम उद्योग वाणिज्य संघको सह आयोजनमा जनकपुरधामको बारह विग्घा मैदानमा चैत २४ गतेदेखि ३० गतेसम्म हुन लागेको सो मिथिला महोत्सवमा पर्यटकीय क्षेत्र सहित स्थानिय उत्पादनको संरक्षण, प्रर्वद्वन, विकास हुने उद्देश्य रहेको जनाइएको छ ।
महोत्सवमा सातौ दिन नेपाल सहित भारत र मिथिला क्षेत्रका चर्चित कलाकार, गायकहरुको प्रस्तुतिमा सांस्कृतिक कार्यक्रम, मधेशका प्रमुख खेल पहलमानीका साथै झुला लगायका विभिन्न मनारोञ्जनात्मक कार्यक्रमहरु आयोजना गरिने आयोजक संस्था आइडिया पिक्सलका अध्यक्ष पवनराज जोशीले बुधवार एक पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिएका छन ।
करीब ९४ लाख रुपैया अनुमानित लागतमा हुने सो महोत्सवमा सन्दिप क्षेत्री, शिव परियार, सुगम पोखरेल, कमल खत्री, अनिल सिंह, प्रमोद खरेल, शुनिल पण्डित सहित नेपाल तथा मिथिलाका प्रमुख कालाकारहरुको प्रस्तुति हुने अध्यक्ष जोशीले जानकारी दिए ।
उक्त महोत्सवमा जनकपुरधामका ठुला, मझौला र साना उद्योगका उत्पादन सहित स्थानीय उत्पादनको ग्राहयता हुनेगरी स्थानीय उद्योगी व्यवसायीहरुको सयौं स्टल राखिने जनकपुरधाम उद्योग बाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले बताए ।
उनले भने यो महोत्सवले यहाँका धार्मिक पर्यटकीय क्षेत्र सहित स्थानीय उद्योगी व्यवसायी र उत्पादनको विकास तथा प्रवद्र्धन हुनेछ । महोत्सवमा जनकपुरधाम सहित मिथिला क्षेत्रका पर्यटकीय स्थल तथा देवी देवताहरुको अवलोकन गर्ने फोटो प्रदर्शनी समेत गरिने आयोजकले जानकारी दिएका छन ।
पत्रकार सम्मेलनमा संघका उपाध्यक्ष अम्भु प्रसाद साह, महासचिव मनोज कुमार साह, पिक्सलका स्थानिय सहजकर्ता शंशाक सिंह, दिपेश यादव, शिव कुमार साह, राम सिंह, देव साह, प्रकाश कर्ण, अभिमन्यु यादव, रञ्जित यादव, सुरेन्द्र साह सहितको उपस्थिती रहेको थियो ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !