जनकपुरधाम । मानव बेचखिन तथा ओसार पोसार र अपहरण मुद्दाका फरार एक दम्पति अभियुक्तलाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा जनकपुरधाम उपमहानगरपालिका १३ का ४२ वर्षिय रामजी पासमान र निजका श्रीमति ३२ वर्षिय विभा पासवान रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं प्रहरी नायब उपरिक्षक जितेन्द्र बस्नेतले जनाएको छ ।
धनुषा जिल्ला अदालतले गतवर्ष माघ २२ गतेका दिन आरोपित रामजी पासमानलाई २२ वर्ष कै र अढाई लाख रुपैया र विभा पासमानलाई १७ वर्ष कैद तथा डेढ लाख रुपैया जरिवाना सहितको सजायको फैसला सुनाएको थियो ।
अदालतबाट सजाय पाएका ती व्यक्ति एक वर्षदेखि फरार रहेका थिए । विशेष सूचनाको आधारमा धनुषा प्रहरीको टोलीले जनकपुरधाम १३ बाट तिनीहरुलाई पक्राउ गरी जिल्ला अदालत उपस्थित गराइएको र अदालतले सुनसरी स्थित झुम्का कारागारमा पठाउने आदेश दिएको प्रवक्ता बस्नेतले जानकारी दिएका छन ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !