Wednesday, November 11, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

भारत सामु आँखा जुधाउने हैसियत राख्ने नेता हुन ओली : पोखरेल


भारत सामु आँखा जुधाउने हैसियत राख्ने नेता हुन ओली : पोखरेल

जनकपुरधाम । भारत सामु आँखामा आँखा जुधाउने हैसियत नेपालका एकमात्र एमाले अध्यक्ष केपीशर्मा ओलीको मात्र रहेको दाबी नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गरेका छन ।

सोमवार एमाले धनुषाको सातौं अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि पोखरेलले नेपालकै इतिहासमा भारत सामु आँखामा आँखा मिलाएर कुरा गर्ने हैसियत कुनै नेता मन्त्रीमा नरहेको भन्दै एमाले र पार्टी अध्यक्ष ओलीको मात्रै रहेको भने ।

उनले भने खुल्ला सीमाना र बेटी रोटीको सम्बन्ध रहेको कारण हामी भारतसँग नजिक छौं, संस्कृति, पहिरण र भाषा मिल्दो जुल्दो भएको कारण आत्मीय सम्बन्ध छ, हामी सम्मान गर्छौ यसको मतलब यो होइन कि त्यसको सामु नतमस्तक भई आँखा जुद्धाउने साहस नगरौं ।

पोखरेलले थप्दै भने भारत हाम्रो मित्र राष्ट्र हो, मित्र सँग आँखामा आँखा मिलाएर कुरा गर्नुपर्छ न कि कांग्रेस, माओवादी र मधेशवादी दल जस्तो टाउको निहुराउनुपर्छ । नेपालमा भारत सामु आँखा जुधाउने हैसियत ओलीमा मात्रै रहेको प्रमाण पछिल्लो पटक देशमा भएको लामो नाकाबन्दी खुलाउनु हो ।

केपी ओली नै यस्ता नेता हुन जसले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सँग आफ्ना कुरा राखेर नाकाबन्दी खोलाए, अब कहिलेपनि नाकाबन्दी हुन नदिने भारतीय प्रधानमन्त्री मोदीलाई चार÷चार पटक नेपाल भ्रमण गराएर वातावरण बनाएको भने । पोखरेलले भारत मात्र होइन चिन पनि हाम्रो छिमेकी राष्ट्र हो, दुवै राष्ट्र मित्रवत व्यहार राख्ने क्षमता एमाले पार्टीमा रहेको छ । पछिल्लो पटक चीनसँगको व्यापारिक मार्ग निर्माण गर्न समेत ओली नेतृत्वको सरकार सफल भएको भने ।

नागरिकता सम्बन्धी समस्या बारे वरिष्ठ उपाध्यक्ष पोखरेलले भने अध्यादेश मार्फत तराई मधेशमा रहेका नागरिकता समस्या समाधान गर्न एमाले पार्टीले चाहंदा मधेशी जनता विरोधी गठबन्धन सहभागी माओवादी नेताहरुले सर्वोच्च अदालत उजुरी दिएर थप समस्या उत्पन्न गरिदियो ।

उनले भने अहिलेपनि हामी चाहन्छौं केपीशर्मा ओली नेतृत्वको सरकारले ल्याएको अध्यादेशलाई विधेयक मार्फत कानून बनाएर नागरिकता समस्या समाधान गर्नुपर्छ । तर कांग्रेस नेतृत्वका मधेश विरोधी गठबन्धनले नागरिकता समस्यालाई चुनावी मुद्दा बनाउन समस्या समाधान गर्न चाहिरहेको छैन ।

एक अर्को प्रसंगमा पोखरेलले भने विगतका नेकपा फुट्नुको प्रमुख कारण माधव नेपाल र प्रचण्ड हो । पार्टीलाई आफ्ना विर्ता ठानेका माधव नेपालले केपी ओलीलाई अध्यक्ष पदमा सहन नसकेर प्रचण्डलाई प्रभावमा पारी नेकपा फुटायो । उनले भने नेपाललाई आफ्ना विर्ताको चिन्ता र प्रचण्डलाई मुख्य अध्यक्ष बन्ने लालसाले पार्टी फुटयो, तर जे भयो राम्रो भो, पार्टी भित्रका विषहरु निकलेर गएको अब स्वच्छ एमाले बनेको छ ।

कार्यक्रममा पार्टी सचिव रघुवीर महासेठले एमाले मधेश विरोधी पार्टी नभई विकासप्रेमी पार्टी रहेको दाबी गरे । उनले भने दुईसय ६० वर्षसम्मा हुन नसकेको विकास एमाले पार्टीले मात्र साढे तीन वर्षकै अवधिमा गरेर देखाएको छ ।

सचिव महासेठले केपीशर्मा ओली नेतृत्वको सरकारमा आर्थिक उन्नति र विकासको लहर आएको दाबी गर्दै भने २६० वर्षमा सानातिना गरी करीब साढे ६ हजार सडक बनेको थियो । तर ओली नेतृत्वको सरकारले मात्र साढे तीन वर्षमा साढे पाँच हजारभन्दा बढी सिक्स लेन फोरलेन सहितका सडक र ठूलठूला पुलपुलेसा निर्माण गर्न सफल भएको बताए ।

एमाले धनुषाका अध्यक्ष राजकिशोर यादवको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा पार्टीका मधेश प्रदेश समितिका अध्यक्ष रामअवतार यादव, पुर्वमन्त्री लिलानाथ श्रेष्ठ, केन्द्रिय सल्लाहकार गंगाराम यादव, धनुषा इन्चार्ज रामचन्द्र मण्डल लगायतका नेताहरुले आउंदो चुनावमा बहुमत ल्याउने दाबी गर्दै आ आफ्ना धारणा राखेका थिए ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

विद्यार्थीको अतिरिक्त शिक्षाकम लागि हाजिरीजवाफ प्रतियोगिता
Blast News

विद्यार्थीको अतिरिक्त शिक्षाकम लागि हाजिरीजवाफ प्रतियोगिता

२०८३ कार्तिक १८, बुधबार १०:०९
बेपता भएको १० दिनपछि साकेतको शव भेटियो, प्रहरीको भूमिकामाथि प्रश्न
Blast News

बेपता भएको १० दिनपछि साकेतको शव भेटियो, प्रहरीको भूमिकामाथि प्रश्न

२०८३ कार्तिक १४, शनिबार २०:२८
प्रधानमन्त्री बालेनको जनकपुर भ्रमणलाई लक्षित गर्दै उपमहानगरको तयारी तीव्र
Blast News

प्रधानमन्त्री बालेनको जनकपुर भ्रमणलाई लक्षित गर्दै उपमहानगरको तयारी तीव्र

२०८३ कार्तिक १४, शनिबार १७:४९
जनकपुरको असफल शुरवात, १९ रनले कर्णाली विजयी
Blast News

जनकपुरको असफल शुरवात, १९ रनले कर्णाली विजयी

२०८३ कार्तिक १०, मंगलवार २१:५७
नवरंग होटलको सुविधा सम्पन्न नयाँ नवरंग
Blast News

नवरंग होटलको सुविधा सम्पन्न नयाँ नवरंग

२०८३ कार्तिक १०, मंगलवार २१:५०
सीआईसीले पाए एशियन ‘कलेक्टिभ हाउजिङ अवार्ड’
Blast News

सीआईसीले पाए एशियन ‘कलेक्टिभ हाउजिङ अवार्ड’

२०८३ कार्तिक १०, मंगलवार ७:२६

ताजा खबर

विद्यार्थीको अतिरिक्त शिक्षाकम लागि हाजिरीजवाफ प्रतियोगिता

विद्यार्थीको अतिरिक्त शिक्षाकम लागि हाजिरीजवाफ प्रतियोगिता

पाँच वर्षसम्म बेरुजु फर्छ्यौट नगर्नेको बैंक खाता र जायजेथा रोक्का गरिने

पाँच वर्षसम्म बेरुजु फर्छ्यौट नगर्नेको बैंक खाता र जायजेथा रोक्का गरिने

बेपता भएको १० दिनपछि साकेतको शव भेटियो, प्रहरीको भूमिकामाथि प्रश्न

बेपता भएको १० दिनपछि साकेतको शव भेटियो, प्रहरीको भूमिकामाथि प्रश्न

प्रधानमन्त्री बालेनको जनकपुर भ्रमणलाई लक्षित गर्दै उपमहानगरको तयारी तीव्र

प्रधानमन्त्री बालेनको जनकपुर भ्रमणलाई लक्षित गर्दै उपमहानगरको तयारी तीव्र

जनकपुरको असफल शुरवात, १९ रनले कर्णाली विजयी

जनकपुरको असफल शुरवात, १९ रनले कर्णाली विजयी

नवरंग होटलको सुविधा सम्पन्न नयाँ नवरंग

नवरंग होटलको सुविधा सम्पन्न नयाँ नवरंग

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव