जनकपुरधाम । नेपाली कांग्रेस धनुषाको कार्यसमितिको पदाधिकारीमा विमलेन्द्र निधि समूहको वर्चस्व भएको छ ।
सम्पन्न अधिवेशनबाट धनुषा जिल्लाको सभापतिमा निधि समूहका योगेन्द्र पजियार सहित अन्य पदाधिकारीहरुमा समेत निधि समूहकै निर्वाचित भएका हो ।
आइतवार सम्पन्न मतगणनामा निधि समुहको तर्फबाट उपसभापतिद्वय गणेश झा र लक्ष्मी नारायण यादव, सचिव पदमा कन्हैयाकुमार कर्ण र देवेन्द्र्र कुमार भरखेर तथा सह सचिवमा विजय यादव र सकिर राईन निर्वाचित भएका छन ।
उपसभापतिमा झाले १ हजार १ सय ४९ र यादवले १ हजार २ सय ५४ मत ल्याएका छन भने संस्थापन पक्ष देउवा समुहको तर्फबाट उपसभापति पदका उम्मेदवारहरु सुरेन्द्र प्रसाद मुन्नाले ७ सय ९८ र रामसोभित दाहा धानुकले ७ सय ६५ मत प्राप्त गरेका छन् ।
त्यस्तै, उपसभापतिका अन्य प्रत्यासीहरु डाक्टर शेखर कोइराला समूहका गणेश प्रसाद जयसवालले ७ सय ८ र हरिशंकर साहले ५ सय ९६ मत पाएका छन् । सचिव पदमा भने निधि समूहका कर्ण एक हजार एक सय ६० र भरखेर एक हजार एक सय ७७ मतले विजयी भएको हो । संस्थापन पक्षको तर्फबाट सचिव पदका उम्मेदवारहरु धिरेन्द्र मोहन झाले ८ सय ३३ र शिवशंकर गोइत साधुले ८ सय ३२ मत प्राप्त गरेका छन् ।
यसअघि सभापतिमा विमलेन्द्र निधि पक्षका उम्मेदवार योगेन्द्र पजियार दोश्रो चरणको चुनावबाट ६ सय ८९ मतान्तरले निर्वाचित भईसकेका छन् । दोस्रो चरणको मतदानमा २ हजार ८ सय १४ मत खसेकोमा पजियारले १ हजार ७ सय ३५ मत पाएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी यादवले १ हजार ४६ मत ल्याएका थिए ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !