जनकपुरधाम । स्रोत नखुलेको १८ लाखभन्दा रकम सहित एक भारतीय नागरिक पक्राउ परेको छ ।
सशस्त्र प्रहरी क्षिनमस्ता वाहिनी बर्दिबासका अनुसार पक्राउ पर्नेमा भारतको विहार राज्य पूर्वी चम्पारण मोतिहारी जिल्ल्ला महंगुआ ग्राम पञ्चायत २ निवासी ४५ वर्षीय दिप नारायण प्रसाद रहेको छ ।
सशस्त्र प्रहरी क्षिनमस्ता वाहिनी बर्दिबासबाट खटिएको स्कवार्ड टोलीले विषेश सूचनाको आधारमा रौतहटको बौधिमाई नगरपालिका ९ सरमझुवाबाट स्रोत नखुलेको १८ लाख ७३ हजार नेपाली रुपैयाँ दिपनारायणको साथबाट बरामद गरेको हो ।
अवैघ रुपमा भारतीय नम्बर प्लेटको मोटरसाईकलमा ल्याउँदै गरेको अवस्थामा उनलाई सो रकम सहित पक्राउ गरिएकोमा मोटरसाइकलको एक लाख मुल्यांकन सहित थप कारवाहीका लागि गौर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बर्दिबासले जनाएको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !