जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधाम एक सुविधा सम्पन्न होटल तथा रेष्टुरेन्ट संचालनमा आएको छ ।
जनकपुरधामको शुक्रबारी बजार नजिक ग्रैण्ड होटेल एण्ड फैमली रेष्टुरेन्ट शनिवारदेखि संचालनमा आएको छ । सो होटलको उद्घाटन निर्माण व्यवसायी संघका उपाध्यक्ष समेत रहेका मधेश प्रदेश क्रिकेट संघका उपाध्यक्ष हिरा भगत र नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका एसोसिएट उपाध्यक्ष राजेश अग्रवालले संयूक्त रुपमा गरेका छन् ।
ग्रैण्ड होटेल मधेश प्रदेशको राजधानी जनकपुरधाम पर्यटन नगरीको विकास एवं आकर्षणमा आफ्नो योगदान रुपमा पारिवारिक वातारणको वातानुकुलित सुविधा सम्पन्न रहेको दावी संचालक मनिष चौधरीले गरे ।
उनले भने जनकपुरधाममा अन्य होटलभन्दा राम्रो तथा गुणस्तरीय सुलभ दरमा उपलब्ध गराउनेछौं ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !