जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको आफ्नै प्रहरी प्रशासन नभएको कारण मानवअधिकारको क्षेत्रमा अपेक्षित काम गर्न नसकेको बताएका छन ।
शुक्रवार राष्ट्रिय मानव अधिकार आयोगद्वारा जनकपुरधाममा आयोजित मानवअधिका रक्षक प्रादेशिक सम्मेलनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले प्रदेश सरकार मानवअधिकारको रक्षाको सवालमा संवेदनशील रहेपनि आफ्नो प्रहरी प्रशासन नभएको कारण अपेक्षित अनुसार काम गर्न सकिएन भने ।
प्रदेश सरकारले सिमित श्रोत साधनमा मानवअधिकारको रक्षाका लागि स्थापना कालदेखि नै संवेदनशील भएर काम गर्दै आएको छ । तर संघीय सरकारको बैमानिसकताको कारण प्रदेशले आफ्नो प्रहरी प्रशासनका लागि ऐन ल्याएपनि कार्यान्वयनमा आउन सकेको छैन गुनासो उनले गरे ।
मुख्यमन्त्री राउतले प्रदेश सरकारले निर्माण गरेको कानुनहरुमा मानव अधिकारलाई प्राथमिकतामा राखेको दाबी गर्दै प्रहरी प्रशासनको हस्तान्तरण भए लगत्तै मानव अधिकार उल्लंघनको घटना प्रदेश सरकार नियन्त्रणमा फड्को मार्नेछ भने ।
उनले आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकार हनन नहोस् भन्ने कुरामा हरेक व्यक्तिले ध्यान पुरयाए स्वतः मानवअधिकार रक्षाको सवालमा समाज ठूलो फड्को मार्नेछ भन्ने विश्वास समेत व्यक्त गरे ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !