जनकपुरधाम । मिथिलाको महाकुम्भकाे रूपमा मानिने १५ दिने मिथिला मध्यमा परिक्रमा आजदेखि सुरु भएको छ।
बिहिवार धनुषाको मिथिला विहारी नगरपालिका कचुरीस्थित रहेको मठबाट डोला निस्केसँगै प्रत्येक वर्ष झैं मिथिला मध्यमा परिक्रमाको सुरु भएको हाे ।
जनकपुरधामस्थित अग्निकुण्ड स्थित मन्दिरबाट किशोरीजी अर्थात माता जानकीको डोला र मिथिला बिहारीस्थित मन्दिरबाट भगवान रामको डोलासँगै १५ दिनसम्म मिथिलाका विभिन्न धार्मिक स्थलहरुको परिक्रमा गर्ने गरिन्छ ।
नेपालकै सबैभन्दा लामो दूरीको १५ दिने मिथिला मध्यमा परिक्रमा मानिएकाे छ । यश अवधिमा नेपाल भारतका १५ वटा धार्मिक स्थलकाे भ्रमण सहित १ सय ३४ किलाेमीटर लामाे दुरीकाे श्रद्धालु भक्तजनहरूले पैदल यात्रा गर्नेछ ।

फागुन शुक्ल औंसीको दिन कचुरीबाट निकालिएको डोला हनुमानगढीमा विश्राम गरेर शुक्रवार भारतको कल्याणेश्वर प्रस्थान गर्दै औपचारिक सुरुवात हुनेछ ।
नेपाल भारतका लाखाै श्रद्धालु सहभागी हुने यश मध्यमा परिक्रमा ऐतिहासिक भएपनि यसलाई अझै व्यवस्थित गर्ने आवश्यकता रहेकाे कार्यक्रममाका प्रमुख अतिथि प्रदेश सरकारका उद्याेग पर्यटन तथा वन मन्त्री शत्रुध्न महताेले भने ।
मध्यमा परिक्रमाकाे अन्तिम दिन फागु पुर्णिमाका दिन अन्तगृह परिक्रमा अर्थात जनकपुरधाम नगरकाे ५ किलाेमीटर दुरीकाे परिक्रमा गरि सम्पन्न हुनेछ ।
साे परिक्रमा जनकपुरधामको हनुमानगढी, भारतको कल्याणेश्वर, गिरिजास्थान, महोत्तरीको मठिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कञ्चनवन, धनुषाको पर्वता, धनुषाधाम, सतोखर र औरही पुग्नेछ।
पुनः भारतको करुणा, विशौल लगायतका धार्मिक स्थलहुँदै १४ औं दिनमा जनकपुरधाम पुग्नेछ। परिक्रमा महोत्तरीको कञ्चनवणमा पुगेपछि मिथिलामा होलीको सुरुवात हुन्छ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !