जनकपुरधाम । महाशिवरात्रिकाे अवसरमा जनकपुरधामस्थित दशरथ युवा कमिटीले लखराम पुजा सम्पन्न गरेकाे छ ।
प्रत्येक वर्ष माटाका आकर्षक मुर्ति बनाई भगवान शिकाे पुजापाठ सहित महाशिवरात्रि पर्व मनाउंदै आएकाे थियाे जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–८ स्थित साे कमिटीले स्थानिय सन्त तुलसी दास स्मारक पार्कमा यसवर्ष लखराम पुजाका आयाेजना गरेकाे थियाे ।
लखराम पुजाका लागि प्रत्येक घरबाट महादेव बनाएर ल्याइएकाे थियाे, पुराेहितद्वारा गरिएकाे सवा लाख महादेवको पुजा सहितकाे साे लखराम पुजामा महादेव बनाएका प्रत्येक परिवार एक सदस्य पुजामा बसेकाे कमिटीका अध्यक्ष लवकुमार झाले जानकारी दिएका छन ।

लखराम पुजाका साथै सांझपख भजन सन्ध्या सहित सांस्कृतिक कार्यक्रम समेत आयाेजना गरिएकाे जनाइएकाे छ ।
२०६६ सालदेखि प्रत्येक वर्ष महाशिवरात्री पर्व मनाउंदै आएका साे कमिटीले यसवर्ष पनि भव्यताका साथ मनाएकाे हाे । ओझेलमा परेको दशरथ तलाउको सौन्दर्यीकरण र चौतर्फी विकासका लागि कमिटीले निरन्तर प्रयास गरिरहेको र यस कार्यलाई निरन्तरता दिने उनले बताए ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !