जनकपुरधाम । धनुषाको कमला नगरपालिका ६ स्थित सिंग्याही मडानमा रहेको साना किसान कृषि तथा सहकारी संस्था लिमिटेडमा अध्यक्ष र प्रबन्धकले नै आफूले गरेको भ्रष्टाचार लुकाउन चोरी गराएको आरोप लगाइएको छ ।
गत माघ १५ गते सहकारीको कार्यालयमा भएको चोरीमा संस्थाका अध्यक्ष कामेश्वर मण्डल र प्रबन्धक विजेन्द्र यादवको संलग्नता रहेको संस्थापक अध्यक्ष रामदयाल महतोले आइतवार एक पत्रकार सम्मेलनको आयोजना गरी आरोप लगाएका छन ।
उनले भने ती किसान कृषि तथा सहकारी संस्था लिमिटेडको कार्यालयबाट २/३ थान लैपटप र २ हजार ५ सय रुपैयाँ मात्र चोरी भएको भन्ने कुरा शुरु कार्यालयका कर्मचारीबाट नै आएको थियो, तर मान्छे पक्राउ लगतै पशु बीमा सहित राहत संरक्षण कोष र बचत कोषमा रहेको अपचलन गरेको रकम कुम्ल्याउन १६ लाखभन्दा बढीको चोरी भएको भनी अध्यक्ष र प्रबन्धकले मुद्दा दायर गरेको हो ।
सहकारीका संस्थापक सदस्य सोभित महतोले संस्थाको रकम अपचलन गरेर त्यसलाई ढाकछोप गर्न अध्यक्ष मण्डल र प्रबन्धक बृजेन्द्रकुमार यादवले चोरीको नाटक गरेको आरोप लगाए ।
यता उजुरीको आधारमा प्रहरीले ३ जनालाई पक्राउ गरेर जिल्ला अदालत धनुषामा मुद्दा चलाइएको थियो । जिल्ला अदालत धनुषाले १ जनालाई पुरपक्षका लागि पठाएको छ भने २ जनालाई ८०/८० हजार रुपैयाँ धरौटीमा रेहा गरेको छ । यद्यपि संस्थापक सदस्य सोभित महतोले प्रहरीले वास्तविक चोरलाई पक्राउ नगरेको गुनासो गरे ।
२९ लाख रुपैयाँको पूजीबाट शुरु भएको साना किसान कृषि तथा सहकारी संस्था लिमिटेडको पुजी १६ करोडसम्म पुगी सकेको छ भने सो सहकारीमा हाल १ हजार ३ सयभन्दा बढी शेयर धनी छन् । वि.सं. २०६१ सालमा दर्ता गराएर यो सहकारी संस्थाको शुरुवात गरिएको थियो ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !