काठमाडौं । जसपाका संघीय परिषद् अध्यक्ष तथा सांसद डा बाबुराम भट्टराईले एमसीसीको विरोध गर्नेहरुलाई सम्झौताको बेलामा केही नबोल्ने र अहिले आएर राष्ट्रवादको चोला ओढेर विरोध गर्ने द्ववैध चरित्र नदेखाउन बताएका छन ।
आइतवार संसदमा एमसीसीको व्याख्यात्मक छलफलमा बोल्दै डा. भट्टराईले भने सत्य बोल्नबाट डराउनुस आफूले गरेको कार्यको पालना गर्नुस भन्दै उनले भने, ‘सबै प्रधानमन्त्रीको पालामा अघि बढाइएको हो । मेरो प्रधानमन्त्रीकालमा पनि अघि बढाइएको हो ।
तर, त्यतिखेर कानमा तेल हालेर बसेर अहिले विरोध गर्ने ? राजनीतिबाट सन्न्यास लिए हुन्छ । नेपालको लागि योग्य रहेका जानकारी आएपछि अघि सम्झौता प्रक्रिया अघि बढाइएको हो ।’
सम्झौताको भाषा केही घोच्ने खालका रहेको भन्दै उनले तर, अन्तर्राष्ट्रिय भाषा प्रयोग भएको बताए । एमसीसी नेपालको हितमा रहेकाले अनुमोदन गर्नुपर्नेमा उनको जोड छ । अहिले केही साथीहरूले व्याख्यात्मक घोषणा गरी एमसीसी अनुमोदन गर्न सहमत भएको सुनेको भन्दै उनले माओवादी र एकीकृत समाजवादीका शीर्ष नेताप्रति व्यंग्य पनि गरे । उनले नेपाल अब सिंगापुरको बाटोमा अघि बढ्ने कि अर्काे बाटोमा जाने भन्दै एमसीसीले देशको विकास मार्गमा लागौं भनेर सुझाव दिए ।
बाबुरामले खोक्रो राष्ट्रवादको नारा जपेर मात्र बस्न नमिल्ने बताए । उनले बिप्पा र बीआरआई सम्झौताबाट पुँजी र प्रविधि भित्र्याउनुपर्ने उल्लेख गरे । एमसीसी अलिकति अप्रिय भए पनि देशको पक्षमा रहेको दाबी गरे । प्रतिनिधिसभामा आइतबारबाट सुरु भएको एमसीसी सम्झौतामाथिको सैद्धान्तिक छलफलमा सहभागी हुँदै उनले सत्य बोल्न आँट गर्दै आफू उभिएको भन्दै एमसीसी सम्झौता अनुमोदन गर्नुपर्ने बताए ।
भट्टराईले जनताको सर्वाेच्च संस्था संसद् ६ महिनादेखि बन्धक बनाइएकोमा जनतासँग क्षमा याचना गरेका छन् । गत २३ भदौदेखि संसद बैठकमा एमालेका सांसदहरूले नाराबाजी गर्दै अवरोध गरेकोप्रति इंगित गर्दै उनले संसद्लाई बन्धक बनाइएको भन्दै क्षमता याचना गरेका हुन् ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !