काठमाडौं । नेपालको विकासका लागि अमेरिकाले दिएको एमसीसी अनुदान सकारात्मक रहेको लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले बताएका छन् ।
आइतवार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सर्वसाधारणको जीवनस्तर उकास्ने लक्ष्य लिएर आएको सहयोग अनुदानको स्वागत गुर्नपर्ने बताए । यो अनुदानको सहयोग गरिबी निवारणको उद्धेश्य रहेको उनको भनाइ छ ।
‘विद्युत प्रशरण लाइन र सडक सञ्जालमा खर्च हुनेछ,’ उनले भने, ‘यो त्यत्तिकै आएको हैन, विविध प्रक्रियाका चरणहरु पार गरेपछि यो अनुदान सहयोग आएको छ ।’ लोकतान्त्रिक शासन हुनुपर्ने, जनतामा लगानी तथा आर्थिक स्वतन्त्रता भएको देशमा मात्रै यस्तो सहायता गरिने उनले बताए ।
‘नेपालले आवश्यकता र मागअनुसार पाएको छ,’ उनले भने । एमसीसी अमेरिकाले नेपाललाई सात दसकभन्दा बढी समय दिएको बताउँदै नेपालको विकास निर्माणमा सहयोग गर्दै आएकाले एमसीसीलाई स्वागत गरिनुपर्ने बताए ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !