जनकपुरधाम । पाँच बुँदे प्रस्ताव पारित र नयाँ कार्यसमिति चयन गर्दै तराई मधेश लोकतान्त्रिक पार्टीको केन्द्रिय भेला सम्पन्न भएको छ ।
आइतवार पार्टीको केन्द्रिय भेलाबाट संयोजक रविशंकर लाल कर्णले संगठनात्मक विस्तार गर्दै वृषेशचन्द्र लाललाई अध्यक्ष र वरिष्ठ नेताको जिम्मेवारी डा. विजयकुमार सिंहमा चयन सहिच ५५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
पार्टीको अन्य पदाधिकारीको चयन आन्तरिक बैठकबाट सदस्यहरुबाट गठन गरिने जनाइएको छ । केन्द्रिय पदाधिकारीको चयनपछि संगठन विस्तारका लाग गाउँ गाउँमा अभियान थालिनेछ । भेलालाई सम्बोधन गर्दै अध्यक्ष लालले मधेश आन्दोलनको जगमा उभिएका मधेश केन्द्रित दलका नेताहरु सत्तामोहमा परेर आन्दोलनको एजेण्डा समाप्त पारेपछि आन्दोलनको मर्म र एजेण्डालाई पुरा गराउन आन्दोलनकारीहरुको नेतृत्वमा पुनः तमलोपाको गठन भएको बताए ।
उनले भने आफू मसिहा र ठूला भनाउने मधेशका नेताहरुले शहीदहरुको रगत सिचेर बनेका पार्टीलाई राष्ट्रिय पार्टी बनाउने दौडमा आन्दोलनबाट उठेका समावेशिता, समानता, लोकतन्त्रको स्थापना, आफ्नो क्षेत्रमा स्वशासन र नागरिकता लगायतका एजेण्डाहरुलाई सत्तामा जान बालुवाटार र बागमतीमा बिसर्जन गरेको कारण ती एजेण्डा पुरा गर्ने अभिभारा आफूहरुको काधमा आएको छ ।
अध्यक्ष लालले विगतमा आफू आबद्ध रहेको राजपा र जसपाले मधेश आन्दोलनका एजेण्डालाई तिलाञ्जली दिएकोमा आफू पनि दोषी रहेको भन्दै ती पार्टीमा बसेर गरेका गलती सच्याउन तमलोपा मार्फत जनमता समक्ष आएको भन्दै अब क्षेत्रिय पार्टीबाटै जनताको क्षेत्रिय समस्याहरु समधान गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा पार्टीका वरिष्ठ नेता डा. सिंहले वर्तमान तमलोपा तात्कालिनको तमलोपाको निरन्तरता नभई ओझेलमा परेका ठूला भनाउने पार्टीका नेताहरुले सत्तामोह तिलाञ्जली दिएको कारण ती एजेण्डालाई पुरा गर्न गठन गरिएको बताए ।
उनले भने मधेशी जनतालाई आफ्नो शासन प्रशासनको अधिकार, सबैलाई समान अधिकार लगायतका सपना देखाएर पछिल्लो निर्वाचनमा मधेशी जनताको मत पाएर राम्रो सिट ल्याएपनि कथित ठूला दल भनाउने मधेशवादी पार्टीहरुले सत्ता चलखेलमै लागेको आरोप लगाउंदै आफूहरुले मधेशी जनतासँग गरेको वाचा पुरा गर्न तमलोपा अघि बढेको हो ।
यसअघि भेलाबाट सम्पूर्ण मधेश आन्दोलनकारीलाई पार्टीमा समावेश भई अभियान सफल पार्न, मधेश आन्दोलनकारीहरुमाथि लगाइएका झुठा मुद्दा खारेज र नागरिकता समस्या समाधान लगायतका पाँच बुँदे प्रस्ताव समेत पारित गरिएको छ ।
त्यसैगरी समानुपातिक र समावेशी सिद्धान्तको आधारमा क्लस्टरहरुको कोटा संख्याको जनसंख्या अनुपातमा हुन आउने भागको अनुसार मधेशी, दलित, आदिवासी जनजाति, मुस्लिम सहित पिछडिएका सम्पूर्ण वर्गको राज्यहरुको हरेक निकायमा सहभागिताको निश्चितता र रुस तथा युक्रेनको युद्धले देखाएको विश्वयुद्धको आशंका रोक्न तत्काल युद्धको अन्त्य गरी समाधानको बाटो रोज्न सम्बन्धित पक्षसँग आग्रह सहितका प्रस्ताव समेत पारित गरिएको छ ।
भेलामा पाँच वटा प्रस्ताव समेत पेश गरिएको छ । प्रस्ताव १ पार्टीका केन्द्रिय सदस्य रामजी रायले प्रस्तुत गरेका छन् भने प्रस्ताव २ अञ्जना दत्त, प्रस्ताव ३ उमेश मण्डल, प्रस्ताव ४ दिलिप पाण्डे र प्रस्ताव ५ धुब्र प्रसाद साहले प्रस्तुत गरे ।
गएको फागुन १० गते लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरी नेता लाल र सिंहले तमलोपामा विधिवत रुपमा प्रवेश गरेका थिए । अध्यक्ष सिंह र वरिष्ठ नेता लाल लोसपामा केन्द्रिय कार्यकारिणी सदस्य पदमा रहेका थिए ।
यस्तो छ तमलोपाको नयाँ केन्द्रीय कार्यसमिति :
१. वृषेश चन्द्र लाल (अध्यक्ष)
२. डा. विजय कुमार सिंह (वरिष्ठ नेता)
सदस्यहरु :
३. अञ्जना दत
४. अर्चना ठाकुर
५. इन्दुदेवी
६. ई. बीरेन्द्र यादव
७. ईश्वर पण्डित
८. उमेश कुमार मण्डल
९. गुरुशरण यादव १०. गौरीशंकर सिंह
१९. जगन्नाथ चौधरी
१२. जयनन्दन सहनी
१३. जयनाथ नायक
१४. जयनाथ मण्डल
१५. जहीर अहमद
१६. दिलिप कुमार पाण्डेय
१७. धीरेन्द्र सिंह
१८. ध्रुव प्रसाद साह
१९. नवरतन मुरारका
२०. नवीन कुमार सिंह
२९. नवीन सिंह
२२. निर्मला झा
२३. बिन्दु ठाकुर
२४. बिपिन ठाकुर
२५. बिमला साह
२६. ब्रजकिशोर सिंह
२७. भागिरथ कर्ण
२८. भोलानाथ झा
२९. मदन सिंह
३०. महेन्द्र यादव
३१. मुक्तिनारायण यादव
३२. मो. असगर अली
३३. योगेन्द्र राय
३४. रजिया बेगम
३५. रमेश अधिकारी
३६. रविन्द्र वर्मा
३७. रविशंकर कर्ण
३८. राजकिशोर मण्डल
३९. राजेश जलान बिद्रोही
४०. राधिका देवी
४१. रामचन्द्र साह
४२. रामजी राय
४३. रामतुल्लाह खान
४४. रामनगीना पासवान
४५. रामनारायण सिंह
४६. शरद कुमार मण्डल
४७. शान्ति सिंह
४८. शेलादेवी झा
४९. श्याम साह
५०. श्यामोदेवी दास
५१. सतीश लाल दास
५२. सरस्वती कर्ण
५३. सुनील कर्ण
५४. सुनील तिवारी
५५. सुहैल अहमद

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !