जनकपुरधाम । महोत्तरीको धिरापुर स्थित मटिहानी नगरपालिकाको कार्यालय नजिक राखिएको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरेका छन ।
नगरपालिकाको स्वास्थ्य शाखा नजिक रहेको सो शंकास्पद वस्तु प्रेसर कुकर बम रहेको डिस्पोजल टोलीले जनाएको छ । स्वास्थ्य शाखा नजिक प्रेसर कुकरभित्र बम रहेको खबर भन्ने खबर स्थानीयले प्रहरीलाई गरेका थिए ।
महोत्तरीका प्रहरी प्रमुख कृष्ण प्रसाद पंगेनीले नेपाली सेनाको रणभीम गण जलेश्वरको डिस्पोज टोलीले उक्त शंकास्पद वस्तुलाई खाली ठाउँमा लगेर सुरक्षित तबरले डिस्पोज गरेको बताएका छन । उनले भने झोलाभित्र प्रेसर कुकरमा तार निकालेर राखिएको वस्तु बम जस्तै थियो, त्यो वास्तवमा बम थियो थिएन भन्ने कुरा डिस्पोजल टोलीलाई नै थाहा होला ।
मटिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डलले नगरपालिकालाई लक्षित गरी तर्साउन उद्देश्यले अज्ञात व्यक्तिले सो ठाउँमा प्रेसर कुकर बम राखेको बताए । उनले भने सो शंकास्पद वस्तुको रुपमा रहेका प्रेसर कुकर बमले गर्दा बिहान १० बजेदेखि नै नगरपालिकाको कामकाज प्रभावित बनेको थियो । फेला परेको ४ घण्टापछि सेनाले सो वस्तु डिस्पोज गरेको हो ।
यसअघि गतवर्ष पनि नगरपालिकाको वडा नम्बर ७ कार्यालयको बरामदामा बट्टा बम विस्फोट गराएको थियो । आफूलाई तर्साउन यो दोश्रो पटक नगरपालिकालाई लक्षित गरी बम राखिएको उनले भने ।
प्रहरी उपरिक्षक पंगेनीले कसले र किन सो शंकास्पद वस्तु राखेको भन्ने विषयमा अनुसन्धान भइरहेको छ, जो कोही भएपनि कानून बमोजिम कारवाही गरिने बताएका छन ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !