जनकपुरधाम । मधेश प्रदेशका प्रमुख हरिशंकर मिश्रले कांग्रेसबाट सरकारमा रहेका मन्त्री रामसरोज यादवले पार्टीको हितभन्दा आफ्नो काम गरेको आरोप लगाएका छन ।
नेपाली कांग्रेसका बयोबृद्व नेता समेत रहेका प्रमुख मिश्रले शुक्रवार जनकपुरधाममा आयोजित कांग्रेसका संस्थापक नेता महेन्द्र नारायण निधीको शतवार्षिक जन्म जयन्ती समारोहलाई सम्बोधन गर्दै भने ‘बजेट फ्रिज माथी फ्रिज भइरहेको छ तर पार्टीको हितको काम भन्दा मन्त्री यादव आफनो मात्र काम गर्दै आएको छ ।
उनले महेन्द्र नारायण निधी र रामनारायण मिश्रको नाममा आज होइन ६ महिना पहिला नै करौडोको योजना घोषणा गरियो तर अहिलेसम्म डिपिआर समेत तयार गर्न नसकेको आक्रोस पोख्दै भने जचुकालीमा रामनारायण मिश्रको स्टयाचु पञ्चायतकालमै राप्रपाका कर्मचारीहरुले बनाई त दिए तर कांग्रेसका मन्त्रीले अहिलेसम्म ती स्टयाचु माथी सानो छहरा समेत बनाउन नसक्नु भनेको पार्टीका मन्त्री बेकम्मा हो ।
कांग्रेसकै संस्थापक नेता रामनारायण मिश्रका सुपुत्र समेत रहेका प्रदेश प्रमुख मिश्रले आफु २०१५ साल देखिनै कांग्रेसमा सक्रिय रहेको स्मरण गराउदै भने महेन्द्र नारायण निधी विरामी पर्दा महेश्वर सिंहले सात बोरा सिमेन्ट बेचेर भारतमा उपचार गराएको थियो, ती बेला कांग्रेसमा आपसी सदभाव र सहयोगको भावना थियो, तर अहिले गुट उपगुटले खत्म भएको छ ।
कार्यक्रममा पार्टीका सहमहामन्त्री महेन्द्र यादव, केन्द्रिय सदस्य रामकृष्ण यादव सहितका नेताहरुको उपस्थिती रहेको थियो ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !