काठमाडौँ – प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । आज बिहीवार बस्ने भनिएको बैठक सरकारको आग्रहमा स्थगित गरिएको सभामुख अग्निप्रसाद सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपाने जानकारी दिए । उनका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले आग्रह गरेपछि भोलि शुक्रबारसम्मका लागि बैठक स्थगित गरिएको हो ।
आजको बैठकमा एमसीसी सम्झौतामाथि छलफल हुने सम्भावित कार्यसूची थियो । गठबन्धन आवद्ध दलहरूबीच नै एमसीसीबारे एकमत छैन । गत आइतबारको प्रतिनिधि सभा बैठकमा एमसीसी प्रस्तुत गरिएको थियो । बैठक स्थगित भएपनि संसद भवन अगाडि बानेश्वरमा सता साझेदर दलका कार्यकर्ताहरूकाे प्रदर्शन जारी नै रहेकाे छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !