जनकपुरधाम । फुटकाे संघारमा पुगेकाे जनता समाजवादी पार्टी नेपालमा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईकाे संसदीय र कार्यसमिति बहुमत बढदै गएकाे छ ।
पार्टी भित्र आ आफ्ना पक्ष कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादव र परिषद अध्यक्ष भट्टराई दुवैले बलियो बन्न पार्टीका कार्यकारिणी सदस्य तथा सांसदहरु तान्न मा व्यस्त बनेका छन् ।
दुवै अध्यक्ष पार्टीमा बहुमत पुर्याउनका लागि पार्टीका सांसद तथा कार्यकारिणी सदस्यहरूलाई आफ्नो कोल्टामा तान्ने प्रयासमा लागेका छन् । संसदीय दलमा आफ्नो बहुमत पुर्याइसकेका भट्टराई पार्टीभित्र पनि बहुमत पुर्याउने कसरतमा लागेको छन् ।
पार्टी श्राेतका अनुसार डा.बाबुराम भट्टराईलाई खुलेर साथ दिने सांसद हरुको नाम यस प्रकार रहेका छ ।
महेन्द्र राय यादव
राजकिशोर यादव
प्रमोद साह
अमृता अग्रहरी
नरमाया ढकाल
रुही नाज
मृगेन्द्रकुमार सिंह यादव
रानी मण्डल
रेणुका गुरुङ
त्यस्तै, उपेन्द्र यादव पक्षका इस्तियाक राइ, प्रदीप यादवले र डा.सुरेन्द्र यादवले समेत अध्यक्ष भट्टराईलाई साथ दिने भएको छ ।
अध्यक्ष यादव पनि आफ्नो सांसद तथा नेता जोगाउन दौडधुपमा छन् । अध्यक्ष यादव पक्षका नेताहरू सांसद तथा कार्यकारिणी सदस्यका नेताहरू घरघर पुगेर उनीहरूलाई फकाउने प्रयास गरिरहेकाे बुझिएकाे छ ।
पार्टीको कार्यकारिणी समितिमा पनि आफ्नो बहुमत रहेको बाबुराम पक्षको दाबी छ । ३५ जना केन्द्रीय कार्यकारिणी समितिमा १८ जना आफ्नो पक्षमा रहेको दाबी बाबुराम पक्षको भनाइ छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !