जनकपुरधाम । मधेश प्रदेश सरकारले जाँचबुझ आयोगको गठन तथा काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्ने सम्बन्धी विधेयक सर्वसम्मतले पास भएको छ ।
बुधवार बसेको प्रदेशसभा बैठकमा आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत प्रसाद साहले पेश गरेको विधेयक सर्वसम्मतले पारित भएको सभामुख सरोज यादवले प्रदेशसभामा जानकारी गराएका हुन् ।
मन्त्री साहले प्रदेशसभा कार्यसञ्चाल नियमावली २०७५ को नियम १२२ बमोजिम जाँच बुझ आयोगको गठन तथा काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गर्नका लागि पेश गरेका छन् ।
मधेश प्रदेश सरकारले प्रदेश भित्रको सार्वजनिक महत्वको विषयमा जाँचबुझ गर्न आयोगको गठन सम्बन्धी बिधेयक ल्याएका थिए । यो विधेयक दुई वर्षभन्दा बढी समयदेखि प्रदेशसभाको समितिमा अडकेको थियो । समितिमा केही संसोधन सहित प्रदेशसभामा पेश गरेको थियो ।
जाँचबुझ आयोगमा अदालतका पूर्व न्यायाधीश, मुख्य न्यायाधिवक्ता वा प्रदेश सरकारका बहालवाला सचिव, उपसचिव वा पूर्व सचिव वा उपसचिव र सम्बन्धीत विषयका विज्ञ सहित अन्य बढीमा दुईजना सदस्य रहनेछन् । आयोगका लागि जनशक्ति र बजेटको व्यवस्था भने प्रदेश सरकारले गर्नेछन् ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !