काठमाडौँ । स्थानीय तह निर्वाचनका लागि ५० अर्ब रुपैया बजेट मांग गरिएको छ ।
बिहीवार अर्थ मन्त्रालयमा चालु आर्थिक बर्षको बजेटको अर्धवार्षिक समिक्षा मूल्यांकन प्रतिवेदन सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले स्थानीय तह निर्वाचनका लागि ५० अर्ब रूपैयाँ बजेट माग गरिएको जानकारी दिएका छन ।
उनले भने चालु आर्थिक वर्षको बजेटमा चुनावका लागि विनियोजन गरिएभन्दा ५ गुणा बढी रकम माग गरिएको कारण अर्थमन्त्रालय दबाबमा परेको छ ।
मन्त्री शर्माले सरकारकले चालू आर्थिक वर्षको बजेटमा १० अर्ब रुपैयाँ मात्र छुट्याएको थियो तर सम्बन्धित निकायबाट ५० अर्ब रुपैयाँको मांग आएको बताए । ‘अरु बजेट कहाँबाट व्यवस्थापन गर्ने भनेर अध्ययन गर्दैछौं,’ उनले भने,’ स्रोत व्यवस्थापनमा चुनौती छ ।’
निर्वाचन आयोगले मात्रै १२ अर्बभन्दा बढी खर्च हुने अनुमान गरेको छ । त्यसबाहेक सुरक्षा व्यवस्थापनमा ठूलो खर्च लाग्ने अर्थमन्त्री शर्माले बताए । सरकारले आगामी वैशाख ३० गतेका लागि स्थानीय तहको चुनाव घोषणा गरेको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !