जनकपुरधाम । मधेश प्रदेश सभाकाे विभिन्न तीन विषयगत समितिकाे सभापतिका लागि उम्मेदवारी दर्ता भएकाे छ ।
साेमवार सत्तारुढ दलहरुले विपक्षी दललाई बेवास्ता गर्दै भागवण्डा गरी उम्मेदवारी दिएपछि प्रतिपक्षी दलले पनि प्रदेशसभा अन्तर्गतका दुई समितिमा उम्मेदवारी दर्ता गराएका हुन ।
हुनत तीनवटा समिति मध्ये एउटा समितिमा सतागठबन्धन निर्वराेध पनि भइसकेकाे छ । प्रदेश सभा सचिवालयले जनए अनुसार सतागठन्धन नेकपा माओवादी केन्द्रकाे तर्फबाट प्राकृति स्रोत तथा वातावरण समितिमा जगतप्रसाद यादव निर्विराेध भइसकेकाे छ ।
साे समितिमा उनकाे मात्र उम्मेदवारी परेको कारण निर्विरोध निर्वाचित भएकाे हाे, आधारिक घोषणा गर्न बाकी रहेकाे प्रदेश सभा सचिवालय सचिव रञ्जित यादवले जनाएकाे छ ।
यता दुई वटा समितिको सभापति पदमा निर्वाचन हुने भएको छ । प्रमुख प्रतिपक्षी लोकतान्त्रिक समाजवादी पार्टीले सार्वजनिक लेखा समितिको सभापति पदका लागि प्रह्लाद गिरी गोस्वामीले उम्मेदवारी दर्ता गराएका छन् भने सत्तारुढ दलको तर्फबाट नेपाली काँग्रेसका नरेशकुमार यादवले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै कृषि तथा भूमि व्यवस्था समितिमा विपक्षी दलको तर्फबाट नेकपा एमालेबाट जगतारण देवीले उम्मेदवारी दर्ता गराएका भने सत्तारुढ दल नेकपा एकीकृत समाजवादीबाट मदनसेन श्रीवास्तवले उम्मेदवारी दर्ता गराएका थिए ।
लेखा समितिमा प्रमुख प्रतिपक्षी दल लाेसपाले संसदीय अभ्यास र व्यवहारगत रूपमा आफ्नाे हुनुपर्ने अडान राख्दै आएपछि उम्मेदवारी आह्वान गरिएकाे थियाे ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !