Saturday, June 27, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

मेयरको दादागिरी : आफू अनुकुल काम गराउन अधिकृत हटाउनेदेखि लेखापाल बन्धकसम्मको कार्य

अधिकृत विवादले महिना दिनदेखि नगरपालिकाको कामकाज ठप्प


मेयरको दादागिरी : आफू अनुकुल काम गराउन अधिकृत हटाउनेदेखि लेखापाल बन्धकसम्मको कार्य

जनकपुरधाम । महोत्तरी स्थित रामगोपालपुर नगरपालिकाका मेयर अशोक मण्डलले आफू अनुकुल योजनाको भुक्तानी तथा कामकाज गराउन कार्यरत प्रमुख प्रशाकीय अधिकृतलाई हटाएर बलजफ्ती नयाँ अधिकृत राख्ने र लेखापाललाई बन्धक बनाउने कार्य समेत गरेका छन ।

नगरप्रमुख अशोक मण्डलले मन्त्रालयको आदेशलाई समेत बेवास्ता गरी आफ्ना निकटका अधिकृतबाट काम गराउन अधिकारिक अधिकृत धिरेन्द्रलाल कर्णलाई कामकाज गर्नबाट रोक लगाई करीब एक महिनादेखि कार्यालयको कामकाज ठप्प गरेका छन । तर वडाध्यक्ष सहितका बहुसंख्यक सदस्य कर्णकै पक्षमा रहेका छन । नगरप्रमुख र कार्यपालिका सदस्यहरुको अधिकृत विवादका कारण त्यहाँ दुई पक्षबीच दैनिक तनाव भइरहेको छ । मुठभेडको अवस्था सिर्जना हुने सक्ने खतरा समेत बढेको छ ।

नगर प्रमुख अशोक मण्डलले कार्यरत प्रमुख प्रशासकीय अधिकृत धिरेन्द्रलाल कर्णलाई हटाएर शिवेन्द्र कुमार मण्डललाई ल्याएपछि प्रमुख प्रशासकीय अधिकृत को हुन भन्ने विवाद उत्पन्न भएको हो । नगरप्रमुखले मण्डललाई र वडाध्यक्षहरुले कर्णलाई राख्न खोजिरहेका छन ।

यस्तो हो घटना

नगरप्रमुख मण्डलले प्रमुख प्रशाकीय अधिकृत कर्णलाई हटाएर कामकाज गर्नबाट रोक लगाएपछि कर्णले मन्त्रालयमा उजुरी गरेपछि गएको माघ १४ गते मन्त्रालयले कर्ण पुनः निमित प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर शिवेन्द्र मण्डललाई लोहरपट्टी नगरपालिकामा सरुवा गरिएको छ । तर नगरप्रमुख मण्डलले मन्त्रालयको निर्देशनको बेवास्ता गरी बलजफ्ती मण्डलबाट काम गराउन खोजेका छन ।

जिम्मेवारीमा रहेका बेला केही कार्यपालिका सदस्य र लेखासँग मिलेर कर्णले व्यापक अनियमितता गरेको कारण मन्त्रालयलाई हटाइएको भनी जानकारी उनलाई कामकाजबाट रोक लगाएको नगरप्रमुख मण्डलले बताएका छन । उनले भने कर्णले व्यापक अनियमितता गरेको कारण मन्त्रालयले उनको ठाउँमा मण्डललाई पठाएका छन सोही आधारमा पदस्थापन गरेका हौं ।

यता पत्रको आधारमा सम्पुर्ण वडाध्यक्ष सहित कार्यपालिकाका १३ सदस्यहरुले निर्णय गरी कर्णलाई सम्मान सहित पदस्थापन गराउन खोज्दा नगरप्रमुख मण्डलले कार्यालयको कामकाज प्रभावित गरी आफ्ना लठैतहरुलाई दिनहुँ हुलहुज्जत गर्दै आएको आरोप वडाध्यक्ष जयनारायण मण्डलले बताए ।

कार्यपालिका सदस्यहरुले गत वर्ष झै यसवर्ष पनि नगरप्रमुख मण्डलले स्थानीय तहको निर्वाचन आउन लाग्दा कागजमा योजना सम्पन्न गरेर भुक्तानी लिने षडयन्त्र तहत कर्णलाई हटाएर आफू निकट व्यक्तिलाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा ल्याएको उनको आरोप रहेको छ ।

कार्यपालिका बोर्डबाट पास नभएका प्रक्रिया नपुगेका योजनाहरुको भुक्तानीका दिन र वडाध्यक्षहरुको योजनाको भुक्तानी नदिन पछिल्लो पटक पटक दबाव दिदैं आएकोमा आफूले नमानेपछि अनियमितताको आरोप सहित विभिन्न बहाना बनाई आफूलाई हटाई आफ्ना निकटका व्यक्तिलाई अधिकृतको रुपमा ल्याउन खोजेको प्रमुख प्रशासकीय अधिकृत कर्णले बताए ।

उनले भने आफू आठौं तहका कर्मचारी भएको हिसाबले प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्य गरिहेकै अवस्थामा तृतीय श्रेणीका कर्मचारी मण्डललाई आफ्नो ठाउँमा ल्याइएपछि आफूले वरिष्ठ कर्मचारी हुँदाहुँदै कनिष्टलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिनु कानूनी व्यवस्था भनी मन्त्रालयमा उजुरी दिएपछि आफूलाई पुनः जिम्मेवारी दिइएको हो ।

मन्त्रालयले दिएको जिम्मेवारीको आधारमा नगरपालिकाका बहुसंख्यक सदस्यले आफूलाई निमित प्रमुखको रुपमा हाजिर गराएपनि नगरप्रमुख मण्डलले नगरपालिकाको कार्यालयमा बलजफ्ती कामकाजबाट रोक गरी छेकबार गरिरहेको बताउंदै कर्णले कनिष्ट कर्मचारीको मातहतमा काम गर्ने न त कानूनी व्यवस्था छ न व्यवहारले नै मिल्ने हो भने ।

उता मन्त्रालयबाट लोहरपट्टी नगरपालिकामा सरुवा भएपनि त्यहाँ नगई रामगोपालपुर नगरपालिकामै हाजिरी गर्दै आएका मण्डलले आफूलाई लोहरपट्टी नगरपालिकामा सरुवा गरिएको भन्ने अधिकारिक जानकारी नभएको कारण यहाँ हाजिरी गर्दै आएको दाबी गरेका छन ।

आठौं तहका कर्मचारी हुँदाहुँदै तृतीत श्रेणीका कर्मचारीलाई नगरपालिकामा प्रमुख प्रशासकीकृत अधिकृतको रुपमा बस्ने कानूनी प्रावधान नरहेको भन्ने जिज्ञासामा मण्डलले भने आफू संघको कर्मचारी हो, समायोजन व्यवस्था अन्तर्गत एक तह बढुवा भई आएको हुँ, तृतीय तहका कर्मचारी प्रमुख प्रशासकीय अधिकृत हुने नहुने बारे मन्त्रालयसँग सोध्नुस भने ।

मन्त्रालयले दिएको जिम्मेवारी सहितको पत्रकारको आधारमा कोष तथा लेखा नियन्त्रक कार्यालयले गरेको पत्राचारबाट अधिकृत कर्ण र सह लेखापाल सुभाषकुमार साहको नाममा स्थानीय सिद्धार्थ बैंकमा संयुक्त खाता समेत खुलिसकेको छ ।

लेखापाललाई बन्धक

यतिमात्र होइन नगरप्रमुख मण्डलले आफू अनुकुल भुक्तानी सहितका काम गराउन लेखापाल रोशन कुमार राउतलाई पुस २८ गतेका दिन बन्धक समेत बनाएका थिए । प्रमुख जिल्ला अधिकारीको निर्देशनमा प्रहरीद्वारा लेखापाल रोशन उद्धार गरिएको थियो ।

घटना बारे लेखापाल रोशनले भने आफूलाई सांझपख एउटा काम छ भनी आफ्नै गाडी पठाएर कार्यालयमा बोलाए । त्यहाँ गएपछि नयाँ अधिकृत शिवेन्द्र मण्डलको नाममा खाता खोल्ने प्रक्रिया अघि बढाउन मेयर साबले भने, कागजी प्रक्रिया पुरापछि भोली खाता खोलाई दिने भनी म घर जान लाग्दा केही काम छ भनी जान दिएन ।

केही क्षिण त्यहाँ राखेर गाडीमा बसाएर मेयर साबले मलाई स्थानीय स्कूलमा लग्यो, त्यसपछि टिकुलिया बजारमा केही बेर राखेर विर्ता गाउँ स्थित पुर्व संविधान सदस्य नवेन्द्र मण्डलको घरमा राखिदियो । तर आफू प्रमुख जिल्ला अधिकारीको निरन्तर सम्पर्कमा रहेको कारण त्यहाँबाट प्रहरीको सहयोगमा राति करीब एकडेढ बजे मलाई उद्धार गरियो । घटना पश्चात आफू रामगोपालपुरबाट सरुवा गराई सम्सी गाउँपालिकामा आएको बताए ।

विवाद किन ?

नगरप्रमुख र वडाध्यक्ष सहितको कार्यपालिका सदस्यहरुबीच योजनाको बाँडफाँड र भुक्तानीलाई लिएर पटक पटक विवाद हुँदै आएको छ । कार्यपालिकामा नगरप्रमुख मण्डल, उप्रमुख र केही सदस्य सहित ६ जनाको एउटा समूह छ भने वडाध्यक्ष सहितका १३ जनाको अर्कौ समूह छ ।

गत आर्थिक वर्ष कार्यपालिका सदस्य समेत रहेका वडाध्यक्षहरुलाई वडाको लागि बजेट विनियोजन नगरी सम्पूर्ण बजेट आफू मातहत नै राखेदेखि विवाद हुँदै आएको वडा नम्बर वडा नम्बर ७ का अध्क्ष शम्भु साह तेलीले बताउंछन । उनले भने आफूहरुलाई झुक्याएर खाली कागजमा हस्ताक्षर गराई सम्पूर्ण बजेट नगरप्रमुखले आफू मातहत नै राख्दा आफूहरु न्यायका लािग उच्च अदालतसम्म पुग्यौं र मुद्दा पनि जित्यौ ।

सो उजुरीमा वडाध्यक्षहरुले योजना बदर गराई मुद्दा पनि जिते, तर नगरप्रमुखले वडाका लागि वडाध्यक्षहरुलाई रकम विनियोजन गरेपछि सर्वोच्चमा समेत मुद्दा दियौं, त्यहाँबाट योजना सञ्चालन गर्न अल्पकालिन अन्तरिम आदेश जारी भयो । नगरप्रमुखले नमानेपछि प्रमुख प्रशासकीय अधिकृत कर्णले दुवै पक्षलाई सर्वदलीय बैठकमार्फत सहमति गराई मुद्दा फिर्ता गराई योजनाको कार्य अघि बढाएको थियो ।

तर सो आर्थिक वर्षमा काम भएका योजनाहरुको प्राविधिक कारणले भुक्तानी हुन नसकेन । रोकिन गएको भुक्तानीका लागि १८ नम्बर फाराम भर्ने र बाँकी रहेका योजनालाई अघिल्लो आ.ब.मा सार्ने बारे नगरप्रमुख र वडाध्यक्षहरुबीच सहमति भएको थियो ।

यसैबीच चालु आर्थिक वर्षमा नगरप्रमुख मण्डलले वडाध्यक्षहरु, अधिकृत र लेखा समेतलाई जानकारी घरमै बसी योजना बनाएपछि चालु आर्थिक वर्षमा समेत विवाद उत्पन्न भयो । चर्को विवादपछि नगरप्रमुखले योजना सच्याए बाध्य भएका थिए । पछिल्लो आ.ब.को बक्यौता भुक्तानी वडाध्यक्षहरुलाई दिएको रिस र चालु आ.ब. को योजना आफू अनुकुल चलाउन कर्णलाई नगरप्रमुखले हटाएर अर्का अधिकृतलाई राख्न खोजेको वडाध्यक्ष रामबाबु यादवले बताए ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

अर्थमन्त्रीको लापरवाही : कर्मचारी र सांसदहरुको तीन महिनादेखि तलब बक्यौता
Blast News

अर्थ मन्त्रालयको बदमासी : पटक–पटक पीएलएमबीएस लक गर्दै अब साना योजना नै रोक्का

२०७८ माघ २३, आईतवार १६:४८
महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन
Blast News

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

२०७८ माघ २३, आईतवार १६:४८
मटिहानीकाे बजेट ४७ कराेड बढी
Blast News

मटिहानीकाे बजेट ४७ कराेड बढी

२०७८ माघ २३, आईतवार १६:४८
न्याय र उपचार खर्चका लागि गुहार
Blast News

न्याय र उपचार खर्चका लागि गुहार

२०७८ माघ २३, आईतवार १६:४८
जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न
Blast News

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

२०७८ माघ २३, आईतवार १६:४८
बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग
Blast News

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

२०७८ माघ २३, आईतवार १६:४८

ताजा खबर

अर्थमन्त्रीको लापरवाही : कर्मचारी र सांसदहरुको तीन महिनादेखि तलब बक्यौता

अर्थ मन्त्रालयको बदमासी : पटक–पटक पीएलएमबीएस लक गर्दै अब साना योजना नै रोक्का

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

मटिहानीकाे बजेट ४७ कराेड बढी

मटिहानीकाे बजेट ४७ कराेड बढी

न्याय र उपचार खर्चका लागि गुहार

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव