जनकपुरधाम । डा. सिके राउत नेतृत्वकाे जनमत पार्टीले बिहीवारदेखि अनिश्चितमालिन चक्काजाम गरेकाे छ।
जनमत पार्टीले किसानका दु:ख पीडा बुझदै विभिन्न ११ बुंदे माग अघि सार्दा सरकारले कुनै चासाे नलिएपछि दबाव दिने उद्देश्यले अनिश्चितकालका लागि चक्काजाम गर्ने घोषणा गरेकाे छ ।
किसान माथि चरम दमन जारी राखेकोले किसानको हकहितमा जनमत पार्टीले करिब १ महिना भन्दा बढी देखि आन्दोलन गर्दै आएपनि सरकारले बेवास्ता गरेपछि र माघ २० गते बिहीबारदेखि पूर्ण रुपमा `राजमार्ग´ काे घाेषणा गरिएकाे जनमत पार्टीका उपाध्यक्ष दिपक कुमार साहले जनाएकाे छ ।
बन्द कार्यक्रमलाई सफल पार्न राजमार्गमै जनमतका नेता कार्यकर्ताहरूले टेन्ट लगाएर बसेका छन । तिनीहरू त्यहां बस्न खाना बनाएर खाने गरि व्यवस्था समेत मिलाएकाे उनले बताए ।
किसानलाई सिंचाईको व्यबस्था वा बिजुली नि:शुल्क दिनुपर्ने, समयमा मलखाद उपलब्ध गराउनुपर्ने, किसानलाई पेन्सन दिनुपर्नेलगायतका माग राख्दै जनमत पार्टीले मधेशकेन्द्रित आन्दोलन गरिरहेको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !