जनकपुरधाम । जनकपुरधामको भानु चोक स्थित सञ्चालित एक ग्याँस पसलमा लाखाै रूपैया बराबरकाे चोरी भएको छ ।
रामसोगारथ पण्डितले सञ्चालन गर्दै आएको विजय जेनरल सप्लायर्स भन्ने ग्यास पसलमा ताल्चा फाेडेर चोरी भएको हो ।
उक्त पसलबाट मंगलवार राति ग्याँसको सिलिण्डर तथा ग्याँससम्बन्धी उपकरण सहित तीन लाख रूपैया बराबरकाे चाेरी भएकाे सञ्चालक पण्डितले जनाएकाे छ । उनका अनुसार २२ थान ग्याँससहितको सिलिण्डर, १२ थान खाली सिलिण्डर, चुल्हो, लाइटर, बर्नटसहित अन्य उपकरणहरु चोरी भएको छ ।
साे चोकमा जनकपुरधाम उपमहानगरपालिकाले सीसीटीभी क्यामेरा जडान गरेको छ । तर सीसीटीभी क्यामेराले काम बिग्रेर काम गरिरहेकाे छैन । जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले जडान गरिएको क्यामेरा बिग्रेपनि सम्बन्धित निकायले मरम्मत नगराउनु दुःखद् रहेको बताए ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !