जनकपुरधाम । नक्कली पीसीआर रिपोर्ट बनाउने गिरोहका धनुषाका २ जना सहित ४ जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।
वैदेशिक रोजगारका जानेहरसंग नक्कली पीसीआर रिपोर्ट बनाएर दिएकाे आरोपमा भक्तपुरको नागरिक कम्युनिटी टिचिङ हस्पिटल र तीनकुनेको कान्तिपुर अस्पतालका कर्मचारी र बिचौलियालाई पक्राउ गरिएकाे छ ।
पक्राउ पर्नेहरुमा धनुषाको विदेह नगरपालिका-४ घर भई ललितपुर ग्वार्को बस्ने २५ वर्षीय रोशनकुमार छिट्टान, धनुषा कै क्षिरेश्वर नगरपालिका-१ घर भई गौशाला बस्ने २५ वर्षीय नागेन्द्र यादव रहेकाे छ ।
त्यस्तै अन्य पक्राउ पर्नेहरूमा काभ्रेको तेमाल गाउँपालिका-५ घर भई सूर्यविनायक बस्ने २१ वर्षीय माधव मैनाली र सर्लाहीको बलरा नगरपालिका-७ घर भई कौशलटार बस्ने २४ वर्षीय नागरिक अस्पतालका ल्याब प्रबन्धक प्रशन्नकुमार झा रहेकाे छ ।
महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले छापामारी गरी चारै जनालाई पक्राउ गरेको जनाएको छ। महाशाखाका एसपी कृष्ण कोइरालाले छिट्टान बाहेक अरु अस्पताल कै कर्मचारी रहेको र उनीहरुले वैदेशिक रोजगारीमा जाने व्यक्तिहरुलाई नक्कली पीसीआर रिपोर्ट बनाउने गरेकाे हाे ।
नक्कली पीसीआर रिपोर्ट बनाउने कार्यमा संलग्न रौतहटको राजदेवी नगरपालिका-४ घर भई भक्तपुर दुवाकोट बस्ने नागरिक अस्पताल कै पीसीआर ल्याब सञ्चालक ४० वर्षीय भावेश मिश्र र कान्तिपुर अस्पतालका पीसीआर ल्याब सञ्चालक ४० वर्षीय निर्मल गिरी फरार रहेका काेइरालाले जनाए ।
परीक्षण नै नगरी पीसीआर रिपोर्ट नेगेटिभ भनि उल्लेख गरिएका ४ थान पीसीआर रिपोर्ट सहित ल्याबका कर्मचारी मैनालीलाई पक्राउ गरिएको हो ।
पक्राउ गरिएकाहरुबाट पीसीआर रिपोर्ट जेनेरेटर गर्न प्रयोग भएको कम्युटर मोनिटर १ थान, ल्यापटक १ थान, सीपीयू ३ थान, पीसीआर दर्ता रजिष्टरहरु, पीसीआर रिपोर्टहरु, रसिद र मोबाइल ५ थान बरामद गरिएको एसपी कोइरालाले जानकारी दिएका छन ।
त्यस्तै कान्तिपुर अस्पतालको कर्मचारी नागेन्द्र कुमार यादवबाट १७ थान नक्कली पीसीआर रिपोर्ट बरामद गरिएकाे उनले बताए ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !