जनकपुरधाम । पेट्रोलियम पदार्थको वृद्धि मूल्य फिर्ता र स्थानीय तह निर्वाचनको मिति घोषणा गर्न मांग गर्दै एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूले जनकपुरधाममा प्रधानमन्त्री शेरशहादुरको गरेको पुत्ला दहनको क्रममा झडप भएको छ ।
बुधवार अनेरास्ववियू र युवा संघका नेता कार्यकर्ताहरुले जनकपुरधामको जनक चोकमा प्रधानमन्त्री देउवाको पुतला दहन गरिरहेको क्रममा गरेको क्रममा प्रहरीले अवरोध गर्न खोज्दा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता र स्थानीय तह निर्वाचनको मिति चाँडै घोषणा गर्न मांग गर्दै तिनीहरुले जनक चोकमा सडक बहस कार्यक्रम आयोजनापछि विरोध स्वरुप अनेरास्ववियूका मधेश प्रदेश संयोजक रञ्जना शिवाकोटीको नेतृत्वमा प्रदर्शन सहित प्रधानमन्त्री देउवाको पुतला दहन गरेको थियो ।
अनेरास्ववियू मधेश प्रदेशका संयोजक रञ्जना शिवाकोटीले भनिन् गठबन्धन सरकारले स्थानीय तह निर्वाचन सार्न संविधान संशोधन गर्नुपर्ने लगायतका जनतामा भ्रम छरेर निर्वाचन गराउन नचाहेकोले दबाव स्वरुप पुर्वघोषित कार्यक्रम अनुसार सडक बहस कार्यक्रम र पुतला दहन कार्यक्रम आयोजना गरेको बताईन ।
त्यस्तै अनेरास्ववियूका केन्द्रिय सदस्य रोशन यादवले प्रधानमन्त्री शेरबहादुर देउवाले पटक पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि गइरहेको र स्थानीय तहको कार्यकाल पुरा भएपनि निर्वाचनको मिति तोक्न असफल भइरहेको कारण दबाव दिन पुतला दहन गरेको बताए ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !