जनकपुरधाम । प्रहरीले मधेश प्रदेशकाे बाराबाट खैरो हिरोइनसहित एक भारतीय नागरिक पक्राउ गरेका छन ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा भारत बिहार मोतिहारी ग्राम पंचायत हरपुर-१२ ग्राम रामपुर निवासी नन्का हुसेनको छोरा ३२ वर्षीय नबाब हुसेन रहेकाे छ ।
जिल्लाकाे विश्रामपुर गाउँपालिका वडा नम्बर १ बटम चोकमा सवारी चेकजांचकाे क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको BR05AP 6046 नम्बरको मोटरसाइकलबाट २१ ग्राम लागूऔषध हिरोइन फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएकाे छ ।
बाराका प्रहरी प्रवक्ता डिएसपी राजेश गुप्ताका अनुसार हुसेनले मोटरसाइकलको भाइजरमा लुकाएर २१ ग्राम खैरो हिरोइन ल्याइरहेका थिए, प्रहरीलाई शंका लागेपछि चेकजांच गरेकाे थियाे ।
हुसेनमाथि १० दिनकाे म्याद थप गरि थप अनुसन्धान अघि बढाइएकाे जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !