जनकपुरधाम । सर्लाहीमा भएकाे सवारी दुर्घटनामा परी २५ जना घाइते भएकाे छ ।
हुक्रवार बिहान करीब ४ बजे जिल्लाकाे हरिवन नगरपालिका ९ सुखेपोखरी स्थित पूर्व पश्चिम लोकमार्गमा भैरहवाबाट विराटनगर तर्फ जाँदै गरेको एक यात्रुवाहक बसले उँखु लोड गरेको ट्याक्टरमा ठक्कर दिँदा २५ जना घाइते भएकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएकाे छ।
उखु लाेड ज २ त ७८१ नम्बरको ट्याक्टर बिग्रेपछि बाटोको साईडमा रोकिएको अवस्थामा लु २ ख ४७५७ नम्बरका बसले ट्रयाक्टरको पछाडी ठोकेपछि दुर्घटना भएका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिएका छन ।
बसमा ३९ जना सवार मध्ये २५ जना घाइते भएको र ती मध्ये ९ जनाकाे अवस्था गम्भीर रहेकाे प्रहरीले जनाएको छ ।
घाइते भएकामध्ये ७ जनालाई वीरगंज र भरतपुर रेफर गरिएको र बाँकी सामान्य घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रवक्ता बुढाथाेकीले जनाएकाे छ । समान्य घाइते भएका बसका चालक उपचार पश्चात प्रहरीले नियन्त्रणमा लिएका छन् ।
दुर्घटनामा घाइते भएका चितवन खैरहनी–७ का ३६ वर्षीय पसुराम फुयाल, बुटवल–१० का ४३ वर्षीय भुपराज चापागाई भरतपुर रिफर गरिएको छ भने रुपन्देहीको श्रीकटन गाउँपालिका–१२ की २५ वर्षीया कृतिका चौधरी, बुटवलका कन्चन गाउँपालिका–१ का बसका सहचालक २६ वर्षीय दिपेन्द्र मलाह, बुटवल उपमहानगरपालिका–७ का २२ वर्षीय बिशाल परियार, २१ वर्षीया सुमिफा परियार, २८ वर्षीया झर्ना परियारलाई बयोधा अस्पताल विरगजं रिफर गरिएको छ ।
त्यस्तै रुपन्देहीको बुटवल नगरपालिका– ८ का ५२ वर्षीय टोप बहादुर गुरुङ, बुटवल उपमहानगरपालिका–१२ का २४ वर्षीय शिव भुषाल, उनको २१ वर्षीया श्रीमती सविता भुषाल, ३१ वर्षीया निशा पौडेल, मोरङको सोनबर्षा नगरपालिका– ५ का ४५ वर्षीय विरेन्द्र मण्डल, ३७ वर्षीय शंकर सरदार घाइते भएकाे हाे ।
साे दुर्घटनामा विराटनगर महानगरपालिका– ६ का ४७ वर्षीय जय प्रकाश साह, सप्तरीको खडग नगरपालिका–८ का ४२ वर्षीय तुलसी प्रसाद चौधरी, उनको श्रीमती ३८ वर्षीया ललिता कुमारी चौधरी, रामनगर कोदारकट्टी बलानदेवल नगरपालिका– ५ का २० वर्षीय सत्यनारायण यादव, सुनसरीको ईनर्वा नगरपालिका–६ का ४६ वर्षीय हरि प्रसाद पोखरेल, स्याङजाको काली गण्डकी गाउँपालिका–५ का २६ वर्षीय त्रिभुवन न्यौपाने पनि घाइते छ ।
त्यस्तै धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१२ का २९ वर्षीय चन्द्रकान्त यादव, रौतहटको गरुडा नगरपालिका १ का ३० वर्षीय सुभास गुप्ता, सिरहाको सखुवा गाउँपालिका १ का ६१ वर्षीय किसुनदेव यादव, ३६ वर्षीय राजकुमार यादव, ३७ वर्षीय शितल कुमारी यादव र रुपन्देहीको रोहनी गाउँपालिका १ का ३० वर्षीय ईम्तियाज खान सहित व्यक्ति घाइते भएकाे छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !