जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेशमा ऐन रहेपनि निजि क्षेत्रको लगानी भित्र्याउन नसक्नु दुखद कुरा रहेकाे बताएका छन ।
बिहीवार सप्तरीकाे राजविराजमा उद्योग वाणिज्य संघद्वारा नवनिर्वाचित कार्यसमितिको पदभार तथा सपथ ग्रहण समारोह लाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले निजि क्षेत्रको लगानी बिना प्रदेशको बिकास सम्भव नरहेकोले निजि क्षेत्रको लगानी भित्र्याउन प्रदेश सरकार स्थापनाकाल देखि नै प्रयासरत रहेको बताए ।
प्रदेश सरकारले उद्योगी ब्यवसायीहरुलाई लगानीमा सहजताका लागि ऐन ल्याएपनि नियमावली आभावमा ऐन कार्यान्यवनमा आउन नसकेकाे बताउंदै मुख्यमन्त्री राउतले एक साता भित्रै नियमावली ल्याउने प्रतिबद्धता जनाए ।
कार्यक्रममा अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले निजि क्षेत्रको लगानी आकर्षित गर्न मधेश सरकारले छिट्टै लगानी सम्मेलन आयोजना गर्न लागेको जानकारी दिए ।
नवनिर्वाचित अध्यक्ष लालु प्रसाद अग्रबालको अध्यक्षतामा भएको कार्यक्रममा निबर्तमान अध्यक्ष अरुण प्रधान सहित विभिन्न क्षेत्रका अगुवाहरुले आ आफ्ना धारणा राखेका थिए ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !