जनकपुरधाम । किसानसँग सम्बन्धित ११ बुँदे मागसहित जनमत पार्टीले मधेस सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।
मुख्यमन्त्री लालबाबु राउतले नभेटेपछि जनमतका कार्यकर्ता मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अधिकृत सुरेन्द्र कर्णलाई ज्ञापनपत्र बुझाएका हुन ।
मधेस भवनमा मुख्यमन्त्री राउतलाई नभेटेपछि कर्मचारीलाई नै ज्ञापन पत्र बुझाउनु परेकाे जनमत पार्टीका केन्द्रीय उपाध्यक्ष ई. वसस्त कुशवाहाले जनाएका छन ।
उनले एक महिनादेखि आन्दोलन गरे पनि सरकारले कुनै चासो नदेखाएपछि साताै प्रदेशमा प्रदेशका सरकारलाई ज्ञापन पत्र बुझाउने अन्तर्गत मधेश प्रदेशमा पनि बुझाइएकाे बताए।
ज्ञापनपत्रमा किसानलाई समयमा मलखाद र बीउको व्यवस्था गर्नुपर्ने, किसानलाई पेन्सन दिनुपर्ने, स्वतः बालीनाली बीमा निश्चित गर्नुपर्ने, किसान कार्ड र सिँचाइको व्यवस्था गर्नुपर्ने लगायतका माग राखेकाे छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !