जनकपुरधाम, माघ ९ गते । सर्लाहीबाट लागुऔषध गाँजासहित एक श्रीमान श्रीमतिलाई प्रहरीले पक्राउ गरेका छन् ।
जिल्लाकाे हरिवन नगरपापालिका ८ पुरानो बजारस्थित भित्री सडकखण्डबाट बा६८प ४९७२ नम्बरको मोटरसाइकलमा सवार ती श्रीमान श्रीमतिलाई पक्राउ गरिएको सर्लाही प्रहरीका प्रवक्ता एवम् डीएसपी माधवप्रसाद बुढाथोकीले बताएका छन ।
पक्राउ पर्नेमा बागमती नगरपालिका-१२ बस्ने ३८ वर्षीय रुद्रबहादुर अधिकारी र पछाडि सवार उनका ३० वर्षीय पत्नी ऋचा अधिकारी रहेकाे जनाइएकाे छ ।
पक्राउ परेका साथबाट प्रहरीले ५ किलाे गांजा बरामद गरिएकाे र दुवैलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रवक्ता बुढाथाेकी जनाएको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !