जनकपुरधाम । भौतिक पुर्वाधार तथा यातायात मन्त्री रेणु यादवले दिएको अभिव्यक्ति बारे डा. सिके राउत नेतृत्वको जनमत पार्टीले नरसंहार गराई दिने जस्ता अपराधिक अभिव्यक्ति दिने मन्त्रीलाई तत्काल बरखास्त गर्न मांग गरेका छन ।
बिहीवार जनमत पार्टीका उपाध्यक्ष दिपक कुमार साहले एक प्रेस विज्ञप्ति जारी गरी नेपाल सरकारले अपराधिक अभिव्यक्ति दिने, हत्या हिंसा भड्काउन खोज्ने र अर्को नरसंहारको षडयन्त्र रच्ने मन्त्रीलाई अविलम्ब बरखास्त गर्न मांग गरेका हुन ।
सो विज्ञप्तिमा गौर नरसंहारका फरार अभियुक्तहरुलाई सुरक्षाकर्मीहरुले विशिष्ट सुरक्षा घेरामा राखेर सुरक्षा दिने हैन कि उनीरुलाई तत्काल पक्राउ गरी नरसंहार पिडीतहरुलाई न्याय दिदंै मधेशमा विद्यमान अपराधिक पार्टीको आपराधिक राज्यलाई समाप्त पार्नु पर्दछ भन्ने हाम्रो ठहर रहेको भनिएको छ ।
साथै सो विज्ञप्तिमा यसअघि २०७५ भदौ ७ गतेका दिन गर्ने नरसंहार गराई दिने भन्ने अभिव्यक्ति दिएका मन्त्रीकै पार्टीका अध्यक्ष एवं तात्कालिन उपप्रधानमन्त्री उपेन्द्र यादवलाई बर्दिया जिल्लामा कालो झण्डा देखाएको अभियोगमा राममनोहर यादवलाई पक्राउ गरी हिरासतमै हत्या गरेर ६ महिनासम्म शव समेत नदिएको स्मरण गराएको छ ।
साहले जारी गरेको विज्ञप्तिमा २०६३ साल चैत ७ गतेका दिन गौरमा भएको नरसंहार घटनामा २८ जनाको पाश्विक तरिकाले हत्या भएको थियो, सो नरसंहार घटना जनता समाजवादी पार्टी तात्कालिन मधेशी जनअधिकार फोरमले नै घटाएको मन्त्री भन्ने कुरा मन्त्री स्वयंले सगर्व घोषणाले स्वीकारोक्ति रहेको प्रष्ट हुन्छ उल्लेख छ ।
साथै विज्ञप्तिमा देशकै संघीय मन्त्री जस्तो जिम्मेवार पदमा रहेको व्यक्तिबाट आएको सो अभिव्यक्ति चरम अपराधिक अभिव्यक्ति रहेको र किसान आन्दोलन तथा आम जनताका विरुद्ध रहेको हाम्रो निष्कर्ष रहेको भनिएको छ ।


















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !