जनकपुरधाम । प्रदेश २ को नाम मधेश प्रदेश राखिएकाेमा जनकपुरधामका स्थानीय युवाहरुले विरोध प्रदर्शन गरेक छन ।
मंगलवार युवा अभियन्ता शुशिल कर्णको अगुवाईमा स्थानीय युवाहरुले जनकपुरधामको जानकी चौकमा २२ जिल्ला रहेका मधेशलाई संकुचित गरी ८ जिल्लालाई मात्र समेटने गरी मधेश प्रदेश नामाकरण गरी बेइमानी गरेको भन्दै विरोध जनाउंदै प्रदर्शन गरेका हुन ।
विरोध प्रदर्शनको क्रममा युवाहरुले मुख्यमन्त्री लालबाबु राउत सहित प्रदेशका सांसदहरुको पुतला दहन समेत गरेका छन ।
उनीहरुले हामी ८ जिल्लामा केन्द्रित मात्र छैनौं २२ वटै जिल्लालाई समेटेर मधेश प्रदेश बनाउ भन्ने मांग राखेका छन ।
प्रदर्शनमा सहभागीहरु युवाहरुले मधेश प्रदेश हामी मान्दैनौँ, प्रदेशको नाम मिथिला भोजपुरा कायम गर लगायतका नाराबाजी समेत गरेका छन ।
अभियन्ता कर्णले भने मधेश भूभाग भनेको २२ जिल्लाको रहेकोले ८ जिल्लालाई मात्र हामी स्वीकार गर्दनौं । उनले भने मधेश आन्दोलनमा हामी अग्रपंक्तिमा रहेर आन्दोलन गरयौं जसका परिणाम ५ वर्षसम्म मुद्दा समेत खेपियौं, सो मुद्दा हामीले ८ जिल्लाको मधेश प्रदेशका लागि होइन २२ जिल्लाको समग्र मधेश प्रदेशका लागि खेप्नु परयो । तर अहिले आएर ८ जिल्लामा सिमित गरेर बेइमानी गरिएको छ ।
उनले भने ८ जिल्लाको पहिचान मिथिला भोजपुरा रहेकाले सोही पहिचानको आधारमा प्रदेशको नाम गर्नुपथ्र्यो पछि हामी समग्र मधेशलाई समेटेर मधेश प्रदेशका लागि संघर्ष गर्नुपथ्र्यो । तर त्यसो नगरी राजनीति स्वार्थ पुरा गर्नु भनेको मधेश आन्दोलनसंग बेइमानी हो ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !