जनकपुरधाम । संघीय भौतिक पुर्वाधार तथा यातायात मन्त्री रेणु यादव र कृषि मन्त्री महेन्द्र राय यादव विरूद्ध धनुषाका विभिन्न स्थानमा प्रदर्शन र कालाे झण्डा देखाएकाे छ ।
जनमत पार्टीका नेता कार्यकर्ताहरूले किसानहरूकाे ११ बुंदे मांग पूरा गर भन्दै मन्त्री यादव र राय विरूद्ध जनकपुरधाम बजार, लक्ष्मिनिया बजार, तुल्सियाही, देवपुरा लगायतका स्थानमा बिहानैदेखि मन्त्री विरूद्ध नाराबाजी गर्दै सडकमा टायर बालेर प्रदर्शन र उनकाे पुतला दहन गरेकाे छ ।

जिल्लाकाे मुखियापट्टी मुसहरनियाकाे बैरियामा आयाेजित पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन आएकी मन्त्री यादवलाई जनमत पार्टी नेता कार्यकर्ताहरूले विराेध प्रदर्शन गर्दै कालाे झण्डा समेत देखाएका छन ।
किसानका माग पूरा गर्न सरकारले चासो नदेखाएको भन्दै संघीय सरकारका मन्त्रीहरुलाई मधेशमा प्रवेश गर्न नदिने पुर्व घोषणा अनुसार जनमत पार्टीले विराेध प्रदर्शन गरेको हाे ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !