जनकपुरधाम । जनकपुरधामस्थित गणेश युवा कमिटीले आफ्नाे २३ औं वार्षिकोत्सवको अवसरमा मनाइरहेकाे सप्ताहव्यापी कार्यक्रम अन्तर्गत शनिवार दोस्रो दिन निशुल्क स्वास्थ्य शिविर आयोजना गरेकाे छ ।
मिथिला विहारी नगरपालिका तारापट्टी स्वास्थ्य केन्द्रमा आयोजना भएको साे स्वास्थ्य शिविरमा ३ सय ५० भन्दा बढीले बिरामीले स्वास्थ्य चेकजाँच गराएको कमिटीले जनाएको छ ।
स्वास्थ्य शिविर कार्यक्रममा कमिटीका पुर्व अध्यक्ष सुरेन्द्र भण्डारी, मिथिला बिहारी नगरपालिकाका प्रमुख अनिल यादव, उपप्रमुख अनिता साह, नव जीवन अस्पतालका डा.महासेठ, डा. बैद्यनाथ ठाकुर र डा. शरद यादव सहितका कमिटीका पुर्व अध्यक्षहरु, पदाधिकारीहरु सहितको उपस्थिती थियो ।
सप्ताह व्यापी कार्यक्रम अन्तर्गत तेस्रो दिन आइतवार कबिर बालआश्रममा राहत वितरण, सोमवार जानकी बृद्वाश्रममा खाद्यान्न समाग्री वितरण, मंगलवार स्व. पत्रकार उमा सिंहको स्मृतीमा रक्तदान तथा धनुषाकी महिला पत्रकार तथा सञ्चारकर्मीहरुलाई सम्मान, बुधवार जेमिरीया देवी धर्मशालामा राहत समाग्री वितरण र अन्तिम दिन शुक्रवार सम्मान गरि समापन गरिने पुर्व अध्यक्ष सन्तोष कुमार साहले बताएका छन ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !