Thursday, November 12, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेश २ मा ५ जनाको उम्मेदवारी


राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेश २ मा ५ जनाको उम्मेदवारी

जनकपुरधाम । राष्ट्रियसभा सदस्यको दुई पदका लागि निर्वाचनका लागि प्रदेश २ मा चार दलका ५ जनाले उम्मेदवारी दर्ता गराएका छन ।

आगामी माघ २२ गते हुने चुनावी प्रतिस्पर्धाका लागि सत्तारूढ गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीबाट १÷१ जना तथा एमालेबाट दुई जनाले उम्मेदवारी दर्ता गराएका छन ।

मंगलबार जनकपुरधामस्थित प्रदेश निर्वाचन कार्यालय स्थित राष्ट्रिय सभा निर्वाचन आयोगको कार्यालयमा सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उर्मिला अर्यालले महिला समूहमा दर्ता गराएकी छिन भने सत्तारुढकै जनता समाजवादी पार्टीबाट खुल्ला समूहतर्फ सिरहाका मो. खालिद सिद्दकीले उम्मेदवारी दर्ता गराएका छन ।

पर्साकी वीरगंज महानगरपालिका निवासी अर्यालको प्रस्तावक नगिना यादव रहेकी छिन् भने सीता साह समर्थक रहेकी छिन् । त्यस्तै जसपाबाट खुल्ला समूहबाट उम्मेदवारी दर्ता गराएका सिरहाका सिद्धिकीको समर्थक प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजय यादव र प्रस्तावक सिरहा नगरपालिकाका मेयर अशेश्वर यादव रहेको छ ।

त्यस्तै लोसपाबाट महोत्तरीकी महिला समूहतर्फ रूपा यादव उमेदवारी दर्ता गराएका छन् । यादवको प्रस्तावक प्रदेशसभा सदस्य रानी शर्मा तिवारी र समर्थक परमेश्वर साह रहेका छन् ।
एमालेको तर्फबाट महिला समूहमा बिना देवी साह र खुल्ला समूहबाट उस्मान अन्सारीले उम्मेदवारी दर्ता गराएका छन् । साहको प्रस्तावक अनिलकुमार यादव र समर्थक गणेश राउत रहेका छन् । त्यस्तै अन्सारीको प्रस्तावक तारादेवी लामा र समर्थक रामपृत महतो रहेको जनाइएको छ ।

सत्तारुढ दल र प्रतिपक्षी दुवै दलका उम्मेदवारहरुले आफू गठबन्धनको उम्मेदवार रहेकोले जीत सुनिश्चित रहेको दाबी गरेका छन । सत्तारुढ दल जसपाका सिद्धकीले भने आफू एकल पार्टीको उम्मेदवार नभई गठबन्धनको उम्मेदवार रहेको कारण यस प्रदेशमा गठबन्धनको अत्यधिक मत रहेकोले आफ्नो जीत निश्चित रहेको भने ।

सत्तारुढ दलका अर्का उम्मेदवार माओवादी केन्द्रकी अर्यालले भनिन आफू केन्द्रिय गठबन्धनको उम्मेदवार मात्र नभई उत्पीडनमा परेका सबै वर्ग समूहको सामूहिक उम्मेदवार रहेको कारण जीत सुनिश्चित रहेको दाबी गरिन ।

प्रतिपक्षी दलहरुले पनि गठबन्धनको अत्यधिक उम्मेदवार रहेपनि गठबन्धन भित्रका केही दलको उम्मेदवार नरहेको कारण तिनीहरुसंग समनव्य गरेर जीत हात पार्ने दाबी गरे । प्रतिपक्षी दलका तर्फबाट लोसपाका प्रदेश संसदीय दलका नेता जितेन्द्र सोनलले भने हुनत हाम्रो मतभार संख्या कम छ तर पनि जुन दलसँग उम्मेदवार छैन तिनीहरुसंग समन्वय गरेर जित्ने प्रयास गर्नेछु ।

प्रदेश नम्बर २ मा राष्ट्रियसभाका सदस्य सुमन प्याकुरेल र शशीकला दाहालको समयअवधि समाप्त भएपछि चूनाव हुन लागेको हो । प्रदेश नम्बर २ मा स्थानीय तहबाट २ सय ६८ र प्रदेशसभाबाट १ सय ४ जना मतदाता रहेका छन् । स्थानीयतहको प्रमुख र उपप्रमुखको मतभार १८ र प्रदेशसभा सदस्यको मतभार ४८ रहेको छ । जसअनुसार स्थानीय तहका ४ हजार ८२४ र प्रदेशसभाका ४ हजार ९९२ मतभार रहेको छ ।

राजनीतिक दलका आधारमा मतभार हेर्दा प्रदेश २ मा काँग्रेसको २ हजार २६२ मतभार, माओवादी केन्द्रको १ हजार १९४, एमालेको ९४२, नेकपा एकीकृत समाजवादीको ७५०, जसपाको २ हजार ९८८, लोसपाको १ हजार ५६०, लोकतान्त्रिक फोरमको १०८, संघीय समाजवादी पार्टीको ४८ र २ पालिकाबाट स्वतन्त्र ३६ मत रहेको छ । फोरम लोकतान्त्रिक काँग्रेसमा आइसकेकोले काँग्रेससँग अब २ हजार ३७० मतभार समेत थपिएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

विद्यार्थीको अतिरिक्त शिक्षाकम लागि हाजिरीजवाफ प्रतियोगिता
Blast News

विद्यार्थीको अतिरिक्त शिक्षाकम लागि हाजिरीजवाफ प्रतियोगिता

२०८३ कार्तिक १८, बुधबार १०:०९
बेपता भएको १० दिनपछि साकेतको शव भेटियो, प्रहरीको भूमिकामाथि प्रश्न
Blast News

बेपता भएको १० दिनपछि साकेतको शव भेटियो, प्रहरीको भूमिकामाथि प्रश्न

२०८३ कार्तिक १४, शनिबार २०:२८
प्रधानमन्त्री बालेनको जनकपुर भ्रमणलाई लक्षित गर्दै उपमहानगरको तयारी तीव्र
Blast News

प्रधानमन्त्री बालेनको जनकपुर भ्रमणलाई लक्षित गर्दै उपमहानगरको तयारी तीव्र

२०८३ कार्तिक १४, शनिबार १७:४९
जनकपुरको असफल शुरवात, १९ रनले कर्णाली विजयी
Blast News

जनकपुरको असफल शुरवात, १९ रनले कर्णाली विजयी

२०८३ कार्तिक १०, मंगलवार २१:५७
नवरंग होटलको सुविधा सम्पन्न नयाँ नवरंग
Blast News

नवरंग होटलको सुविधा सम्पन्न नयाँ नवरंग

२०८३ कार्तिक १०, मंगलवार २१:५०
सीआईसीले पाए एशियन ‘कलेक्टिभ हाउजिङ अवार्ड’
Blast News

सीआईसीले पाए एशियन ‘कलेक्टिभ हाउजिङ अवार्ड’

२०८३ कार्तिक १०, मंगलवार ७:२६

ताजा खबर

विद्यार्थीको अतिरिक्त शिक्षाकम लागि हाजिरीजवाफ प्रतियोगिता

विद्यार्थीको अतिरिक्त शिक्षाकम लागि हाजिरीजवाफ प्रतियोगिता

पाँच वर्षसम्म बेरुजु फर्छ्यौट नगर्नेको बैंक खाता र जायजेथा रोक्का गरिने

पाँच वर्षसम्म बेरुजु फर्छ्यौट नगर्नेको बैंक खाता र जायजेथा रोक्का गरिने

बेपता भएको १० दिनपछि साकेतको शव भेटियो, प्रहरीको भूमिकामाथि प्रश्न

बेपता भएको १० दिनपछि साकेतको शव भेटियो, प्रहरीको भूमिकामाथि प्रश्न

प्रधानमन्त्री बालेनको जनकपुर भ्रमणलाई लक्षित गर्दै उपमहानगरको तयारी तीव्र

प्रधानमन्त्री बालेनको जनकपुर भ्रमणलाई लक्षित गर्दै उपमहानगरको तयारी तीव्र

जनकपुरको असफल शुरवात, १९ रनले कर्णाली विजयी

जनकपुरको असफल शुरवात, १९ रनले कर्णाली विजयी

नवरंग होटलको सुविधा सम्पन्न नयाँ नवरंग

नवरंग होटलको सुविधा सम्पन्न नयाँ नवरंग

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव