जनकपुरधाम । गत दुई दिनदेखि एक्कासी बढेकाे जाडोदे धनुषाका एक स्थानीय तहले विद्यालय गर्न निर्णय गरेकाे छ ।
जिल्लाकाे नगराईन नगरपालिकाले अत्यधिक बढेकाे जाडाेका कारण पठन पाठनमा पर्न गएकाे अप्ठेराेलाई दृष्टिगत गर्दै ५ दिनका लागि नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरिएकाे एक सुचना जारी गरि जनाएकाे छ ।
नगरपालिकामा शिक्षा संयाेजक देवेन्द्र कुमार लाभले अत्यधिक बढेकाे जाडाेले विद्यालय आउन जान र पठन पाठन गर्न बालबालिकाहरूलाई अप्ठेराे हुन सक्ने दृष्टिगत गर्दै पुस १९ गतेदेखि २३ गतेसम्मका लागि जाडाे विदा दिइएकाे जनाएकाे छ ।
प्रतिकूल मौसमका कारण विद्यालय सञ्चालन गर्न कठिनाइ भएकाले चिसोबाट बालबालिकामा हुने स्वास्थ्य जोखिमबाट बच्न विद्यालयमा पठनपाठन बन्द गराइएको उनले बताए ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !