जनकपुरधाम । परीक्षा केन्द्र सारिएको भन्दै सर्लाहीमा विद्यार्थीहरु आन्दोलित भएका छन् ।
स्नातक चौथो वर्षको परीक्षाको मुखमा आएर परीक्षा केन्द्र सारिएको भन्दै सर्लाही क्याम्पस मलङ्वाका विद्यार्थीहरु आन्दोलित भएका हुन् ।
जिल्लाका सम्पूर्ण क्याम्पसको परीक्षा केन्द्र यथावत राखेर मात्रै सर्लाही क्याम्पसको परीक्षा केन्द्र सारिएको भन्दै पहिला ताेकिएकै केन्द्रमा राख्नुपर्ने मांग सहित उनीहरु आन्दोलित बनेका छन ।
अनेरास्ववियुका सर्लाही क्याम्पस कमिटी अध्यक्ष धरबेन्द्र यादवले पहिला तोकिएको केन्द्र यथावत नगरिएसम्म आफूहरुले आन्दोलन जारी नै रहने चेतावनी दिएका छन् ।
विद्यार्थीले परीक्षा केन्द्र सारेको विषयलाई लिएर आज बिहानैदेखि क्याम्पसअगाडि टायर बालेर प्रदर्शन गरिरहेका छन् भने साे आन्दाेलनले यातायात समेत अवरुद्ध भएका छन ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !