जनकपुरधाम । राष्ट्रिय सभाका लागि हुन लागेको निर्वाचनलाई ध्यानमा राखेर प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा प्रादेशिक निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
माघ १२ गतेका लागि निर्धारण गरिएको राष्ट्रियसभाको निर्वाचनका लागि बिहिबार एक कार्यक्रमका बिच प्रादेशिक निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।
यसका साथै सो कार्यालयको अधिकृतमा ब्रजेश प्याकुरेलले निर्वाचन अधिकृतको रुपमा पदभार ग्रहण गरेका छन् ।
राष्ट्रियसभा सदस्यका लागि हुने निर्वाचनमा प्रदेशभरीका मतदाताहरुलाई मतदान गर्नका लागि जनकपुरधाममै मतदान गर्ने सुविधा मिलाइने निर्वाचन आयोगको प्रादेशिक कार्यालयकी प्रमुख पुष्पा झाले जानकारी दिइन् ।
माघ १२ गते देशै भरी हुने राष्ट्रियसभाको निर्वाचनमा प्रदेश २का ८वटै जिल्लाका ३ सय ७२ जना मतदाता रहेको उनले बताइन् ।
राष्ट्रियसभाका लागि हुने निर्वाचनमा प्रदेशसभा सदस्यहरु, स्थानीय तहका प्रमुख, उपप्रमुखहरुले मतदान गर्न पाउनेछन् । प्रदेशमा १ सय ४ प्रदेशसभा सदस्य र पालिकाहरुका २ सय ६८ प्रमुख तथा उपप्रमुखहरु रहेका छन् ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !