जनकपुरधाम । नेपाली कांग्रेस प्रदेश २ को सभापतिमा संस्थापक पक्षका कृष्ण यादव विजयी भएको छ ।
नेतृत्व चयनका लागि भएको मतदानमा पार्टीका वर्तमान संसदिय दलको नेता राम सरोज यादवलाई पराजित गर्दै रौतहटका सभापती समेत रहेको कृष्ण प्रसाद यादव विजयी भएका हुन । उनले १ सय ४१ मतान्तरले राम सरोजलाई पराजित गरेको हो ।
राति ११ बजेदेखि भएको मतगणनामा विजेता कृष्णले ९ सय ९६ मत पाएका छन भने रामसरोजले ८ सय ५५ मत पाएका छन् । औपचारिक घोषणा हुन भने वाँकी छ ।
पहिलो प्रदेश कार्यसमिति चयनका लागि विहिवार विहान ९ बजेर ३६ मिनेटबाट राती ८ बजे सम्म मतदान भएको थियो । मतदानमा १९ सय ५१ मतदाता मध्ये १८ सय ८१ म्त खसेको थियो ।
बदर मत संख्या ३० रहेको छ । अन्य पदको मतगणना बांकी छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !