जनकपुरधाम । नेपाली कांग्रेस प्रदेश २ को नया नेतृत्वका लागि भएको निर्वाचन सम्पन्न भएको छ ।
बिहान करीब साढे ९ बजेदेखि राति सबा ८ बजेसम्म चलेकाे सो मतदानमा १८८१ मत खसेकाे छ । कुल मतदाता १९५१ रहेकोमा करीब९२ मतदान भएकाे निर्वाचन समितिले जनाएकाे छ ।
धनुषा र महोतरीको बुथमा ४६६, सिरहा र सप्तरीको बुथमा ४६५, सर्लाही र रौतहटको बुथमा ४८२ तथा बारा र पर्साको बुथमा ४६८ मत खसेको निर्वाचन समितिका सद्स्य अरूण यादवले जनाएकाे छ ।
मतगणना आजै राति ११ बजेदेखि सहमतिय आधारमा हुने उनले जानकारी दिएका छन ।
मतदान संस्थापन पक्ष सभापति शेरबहादुर देउवा समूहका उम्मेदवार कृष्ण यादवले पहिलो मत खसाएपछि विधिवत रुपमा मतदान शुरु भएको थियो । दोश्रो मत अर्का सभापतिका स्वतन्त्र उम्मेदवार रामसरोज यादवले खसाएका थिए ।
पुर्व उपसभापति विमलेन्द्र निधि र डा. शेखर कोइरालाको समर्थन पाएका रामसरोज यादव स्वतन्त्र उम्मेदवार हुन भने कृष्ण यादव संस्थापन पक्षक सभापति शेरबहादुर देउवा समूहका उम्मेदवार हुन ।
मतदानका ४ वटा बुथ बनाइएको थियो भने एउटा बुथमा २÷२ जिल्लाको मत खसाल्ने वयवस्था मिलाइएको थियो ।
सभापति, पदािकारी र सदस्य गरि प्रत्येक बुथमा ३÷३ वटा मत पेटिका राखिएकाे थियाे । ६७ पदका लागि १ सय ७४ जना उम्मेदवारी दिएका थिए । ५ जना सदस्य बुधवार नै निर्विरोध भइसकेका छन ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !