जनकपुरधाम । नेपाली काँग्रेसको प्रदेश २ काे कार्यसमितिका लागि जारी निर्वाचनमा दउंसाे ४ बजेसम्म ९ सय ७७ मात्र मतदान भएकाे छ ।
जनकपुरधामको गोपाल धर्मशालामा जारी मतदानमा चारबजेसम्म ९ सय ७७ मत खसेको निर्वाचन संयोजक प्रह्लाद गौतमले जानकारी दिएका छन । बिहान साढे ९ बजेदेखि सुरु भएको मतदान राति ९/१० बजेसम्म जान सक्नेछ उनले बताए ।
काँग्रेस प्रदेश २ को नयाँ नेतृत्वका लागि दुईवटा प्यानलबीच प्रतिष्पर्धा भइरहेकाे छ । केन्द्रीय सभापति शेरबहादुर देउवा समुहबाट रौतहटका सभापति कृष्ण यादव र विमलेन्द्र निधि–शेखर कोइरालाकाे समर्थन रहेका स्वतन्त्र समुहबाट उम्मेदवार प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव उभापतिका उम्मेदवारबीच प्रतिष्पर्धा रहेकाे छ ।
६४ पदका लागि भइरहेकाे मतदानमा १ हजार ९ सय ८० जना मतदाता रहेका छन ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !