जनकपुरधाम । बुधवार बिहान ८ बजेदेखि हुने भनिएको कांग्रेस प्रदेश २ निर्वाचन आन्तरिक विवादले स्थगित भएको छ ।
नेतृत्वका दावेदार समूहबीच ढिलो भइसकेको कारण गराउने÷नगराउने विषयको विवादलाई निर्वाचन स्थगित गरिएको हो । हुनत निर्वाचन समितिले मतपत्र समयमा नछापिएको कारण निर्वाचन स्थगित गर्नु परेको बताएका छन ।
उम्मेदवारको अन्तिम नामावली ढिलो गरी प्रकाशन गरिएको कारण ढिलो गरी नै मतपत्र छापिन दिइएको थियो । निर्वाचनका लागि मतपत्र करीब साढे ४ बजेसम्म छापिसकेको थियो । करीब पौने ४ बजे लोकपुकार संवाददाताले निर्वाचन संयोजक प्रहलाद गौतमलाई सम्पर्क गर्दा मतपत्र लिएर आउंदैछौं ढिलै भएपनि निर्वाचन आजै गराउने भनेका थिए । निर्वाचन स्थगित भएपछि निर्वाचन संयोजक गौतमले मतपत्र पुरा नछापिएकोले निर्वाचन स्थगित गर्नु परेको जनाएको छ ।
रामसरोज यादव समूहले बिजुली बतीको आवश्यक व्यवस्था नरहेको भनी भोली निर्वाचन गराउन मांग गर्दै आएका थिए । ती समूहले रातिमा निर्वाचन गराउंदा बिजुली बती आभावले समस्या हुने भन्दै आएका थिए । तर कृष्ण यादव समूहले जसरी भएपनि आजै निर्वाचन गराउने अडान राखेका थिए । अन्ततः दुवै समूहको सहमतिमा ढिलो भएका कारण समस्या हुन सक्ने भनी निर्वाचन समितिले बिहीवार बिहान ८ बजेदेखि निर्वाचन गराउने निर्णय गरेको जनाइएको छ ।
यसअघि सभापतिका उम्मेदवार रामसरोज यादव र कृष्ण यादव प्यानलबीच निर्वाचन गराउने नगराउने विवादलाई लिएर कुटाकुट समेत भएको थियो । रामसरोज समूहले बिजुली बती लगायतका व्यवस्थापन नरहेको कारण भोली निर्वाचन गराउन मांग गर्दै आएका थिए । कृष्ण समूहले जसरी भएपनि आजै निर्वाचन गर्न मांग गरेका थिए ।
सोही विषयलाई लिएर दुवै पक्षबीच मतदान स्थल जनकपुरधाम स्थित गोपाल धर्मशालामा कुटाकुट भएको थियो । निर्वाचन हुन नसकेपछि मतदान स्थल जनकपुरधामको गोपाल धर्मशाला क्षेत्र अहिले तनावग्रस्त रहेको छ । सुरक्षार्थ व्यापक संख्यामा प्रहरी परिचालन गरिएको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !