जनकपुरधाम । ताेकिएकाे तलब उपलब्ध गराउन मांग गर्दै जनकपुरधाम उपमहानगरपालिकाका सामुदायिक विद्यालयमा कार्यरत बालविकास शिक्षक तथा विद्यालय कर्मचारीहरुले पेन डाउन गर्ने चेतावनी दिएका छन ।
सरकारले निर्धारण गरेको तलब जनकपुरधाम उपमहानगरपालिकाले उपलब्ध गराउनुपर्ने मांग गर्दै बालविकास शिक्षक तथा विद्यालयका कर्मचारीहरुले पुस ७ गतेदेखि पेनडाउन गर्ने अल्टिमेटम सहित आन्दोलन गर्ने निर्णय गरिएकाेबाल विकास शिक्षक संघर्ष समितिकी जिल्ला सह–संयोजक संजु यादवले बताएकी छिन ।
गत जेठ महिनामा संघीय सरकारले बजेटमार्फत साउन महिनादेखि लागु हुनेगरी बाल विकास शिक्षक र विद्यालय कर्मचारीहरुको तलब वृद्धि गर्ने घोषणा गरेको थियो । साे घाेषणा अनुरूप उनीहरूले तलब उपलब्ध गराउन उपमहानगरपालिकासंग मांग गरेकाे छ ।
उक्त निर्णय अनुसार धनुषाकै गणेशमान चारनाथ नगरपालिका, सबैला नगरपालिका, धनुषाधाम नगरपालिका, लक्ष्मीनीयाँ गाउँपालिका लगायत अधिकांश स्थानीय तहहरुले तलब वितरण गरिरहेका छन् । तर, जनकपुरधाम उपमहानगरपालिकाले भने तोकिएको तलब उपलब्ध नगराएकाे कारण आन्दाेलनमा जानू परेकाे सह–संयोजक यादवले बताइन् ।
मासिक ६ हजार रुपैया तलबमा चित्त बुझाउनु पर्ने अवस्थाको अन्त्य हुनुपर्ने सरकारी तहबाट भएको निर्णयलाई कार्यान्वयन गराउने आफुहरूकाे मांग रहेकाे उनले बताइन् ।
संयूक्त संघर्ष समितिका सह–संयोजक यादवको अध्यक्षतामा बसेको बैठक अनुसार मांग सहित उपमहानगरपालिकालाई ज्ञापन पत्र समेत कुझाइएकाे छ ।
जनकपुरधाम उपमहानगरपालिकामा बुझाइएको ज्ञापनपत्रमा पुस ६ गतेसम्म बालविकास शिक्षक तथा विद्यालय कर्मचारीको तलब भुक्तानी नभए ७ गतेदेखि पेनडाउन गरी बिहान १० बजेदेखि उपमहानगरको कार्यालय अगाडि धर्ना दिने चेतावनी दिइएको छ ।
जनकपुरधाम उपमहानगरपालिका अन्तर्गतका बालविकास शिक्षक र कर्मचारीहरुको तलव निकासा सम्बन्धी सम्बोधन गराउन शिक्षक संघसंगठनहरुले सकारात्मक भूमिका निर्वाह नगरे आगामी दिनमा आफूहरुले पनि असहयोग गर्ने चेतावनी समेत उनले दिएकी छिन ।
यादवले लेखापालको मासिक तलव १८ हजार ५०० र बाल विकास शिक्षक तथा कार्यालय सहयोगीको तलव १५ हजार सरकारी निर्णय अनुसार हुनुपर्ने माग समेत गरिन् ।
जनकपुरधाम उपमहानगरपालिकाभित्रका ४९ वटा सामुदायिक विद्यालयमा करिब दुई सयको संख्यामा बालविकासका शिक्षकहरू कार्यरत छन् ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !