जनकपुरधाम । प्रहरीले धनुषाको ढल्केवरमा स्कार्पियोबाट फरार भएका एक भारतीय नागरिकलाई प्रहरीले फिल्मी शैलीमा गाँजा सहित पक्राउ गरेको छ ।
प्रहरीले सवारी चेकजाँच गरिरहेको देखेर गाँजा सहित रहेका भारतीय नागरिकहरु स्कार्पिओ लिएर भाग्न खोज्दा अन्ततः दुर्घटना भई पक्राउ परेको ईलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।
ईप्रका ढल्केवरका प्रहरी निरिक्षक प्रदीप सुवेदीका अनुसार बर्दिबासबाट आइरहेको बी.आर.३२ के ९१२७ नम्बरको स्कारपिओलाई शंका लागेर चेकजाँच गर्न रोकाउन खोज्दा स्कारपिओले लिएर भाग्यो । त्यसलाई पिछा गर्दै जाँदा अनियन्त्रित भएर केही दूर अगाडि बसही खोला नजिक पुलमा ठोकिएर दुर्घटनामा पर्न गयो ।
दुर्घटना पश्चात स्कारपिओलाई स्थानीयको सहयोगमा उद्धार त गरियो । तर त्यसमा रहेका व्यक्तिहरु फरार भयो । गाडीलाई खानतलाशी गर्दा १९ किलो गाँजा भेटिएपछि गाडीमा सवारी मानिसहरुलाई खोज्दै ऊखु खेतमा लुकेर बसेका एकजना भारतीय नागरिकलाई पक्राउ गरिएको सुवेदीले जनाए ।
पक्राउ पर्नेमा भारतको बिहार राज्य मधुवनी जिल्ला खिरहर थाना हिसार ग्राम पञ्चायतका २२ वर्षीय विजय कुमार महतो रहेको उनले जनाएको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !