जनकपुरधाम । आफूलाई गरेको जवरजस्ती करणी मुद्दा मिलाई दिने भनी रकम ठगी गरेको आरोपमा प्रहरीले सप्तरीबाट एक महिला सहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्लाको खडक नगरपालिका–९ लालपट्टीका ३२ वर्षीय मो. रहमान मियाँ र २५ वर्षीया रुबिना खातुनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जनाएको छ ।
उनले भने रुबिना खातुन र रहमान मिँया मिलेर स्थानीय समसुल मियाँलाई आफूलाई जबरदस्ती करणी गरिएको भनी सो मुद्दा मिलाई दिने एकलाख रुपैया ठगी गरेको आरोप पक्राउ गरिएको हो ।
रुबिना खातुनले समसुल मियाँको श्रीमती गुलेसा खातुनको मोबाइलमा फोन गरी तिम्रो लोग्नेले मलाई जवरजस्ती करणी गरेको छ, सो मुद्धा मिलाउने हो भने मलाई ४ लाख रुपैयाँ दिनुस नत्र फंसाई दिन्छु भनी ४ लाख रुपैया मांग गरेको थियो ।
समाजमा इज्जत प्रतिष्ठा जाने डरले समसुलले बार्गेंनिग गर्दै दुईलाख रुपैयामा कुरा मिलाई मंसिर १० गते पेश्की स्वरुप एक लाख रुपैया दिएको थियो । त्यसको केही दिन नबित्दै बक्यौता रकम दिए प्रहरीमा उजुरी दिएर फंसाई दिने धम्की सहित ताकेता गर्न थालेपछि बाध्य भएर पिडीतले प्रहरीमा उजुरी दिएको प्रवक्ता काफ्लेले बताए ।
उजुरीको आधारमा घटनाको अनुसन्धान गर्दै जाँदा दुवै जनालाई पक्राउ गरिएको प्रवक्ता काफ्लेले बताए । अनुसन्धानको क्रममा रुबिनाले बिदेशबाट आएका युवकहरुलाई फोन गरी मिठा मिठा कुरा लोभ्याउने, सम्पर्कमा आइसकेपछि यस्तै किसिमले बार्गेनिङ गरी रकम ठगी गर्ने गरेको रहस्य समेत खुलेको उनले बताए ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !