जनकपुरधाम । केएन मोदी यूनिभर्सिटीका नेपाल व्यवस्थापक अवधेश कुमार चौधरीको नेतृत्वमा सयौँ व्यक्तिले नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
शनिबार महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिका स्थित डाम्हीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा युवा चौधरीको नेतृत्वमा पाँच सय जनाभन्दा बढीले माओवादीमा प्रवेश गरेका हुन् ।
नवप्रवेशीहरुलाई माओवादीका सघीय सांसद इन्दु शर्मा, नेता विश्वनाथ साह, रामकुमार शर्मा, प्रकाश पोखरेल, तुलसी ढुंगाना, दिपक यादव लगायतकाहरुले फुलमाला र टिका लगाएर दोसल्ला ओढाई पार्टी प्रवेश गराएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश २ का इन्चार्ज गणेश साहले उत्पीडित, उपेक्षित, गरिब निमुखा, मजदुर किसानको पार्टी माओवादी नै रहेको दावी गरे । पूर्व समेत रहेका स्थायी समिति सदस्य साहले पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले श्रमजिवी वर्गीय जनताको पक्षधर माओवादी नै रहेकाले माओवादीलाई बलिया बनाउन आवश्यक रहेकोमा जोड दिए ।
उनले माओवादीकै कारण मुलुकमा राजनीतिक, आर्थिक, सांस्कृतिक र सामाजिक परिवर्तन आएकाले यसको स्थायित्व र जनताको सपना पूरा गर्न माओवादी सरकारको अपरिहार्य रहेको स्पष्ट पारे । अवधेश कुमार चौधरीको नेतृत्वमा सर्वेश कुमार मिश्र, सन्जय ठाकुर, गीता देवी चमार, दुलारी सदा, अमरदीप मण्डल, कुन्ती देवी, मोहनर पासमान, सरस्वती देवी, जलिन कवारी, महेन्द्र यादव, दिनेश यादव, विल्टु दास तत्मा, किरण कुमारी, अमर कुमार दास लगायतका युवाहरु प्रवेश गरेका छन ।

त्यसैगरी स्थानीय युवा सुनिल सिंह, बलदेव पासमान, अशेश्वर पासमान, राम अशेसर साह, किरण देवी मण्डल, ईश्वर पासमान, प्रगास मुखिया, निरो कुमारी, घुहर मुखिया, जीवछ कुमार साह, सन्तोषी सदा, विन्देश्वर मिश्र, सोनावती देवी र विल्टु साह सुडी लगायत पाँच सय जनाभन्दा बढी व्यक्ति प्रवेश गरेका छन ।
नवप्रवेशी चौधरीले महोत्तरी गाउँपालिका माओवादीको लालकिल्ला बन्ने दावी गर्दै मुलुकमा माओवादीको विकल्प नरहेको भने ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !