जनकपुरधाम । धनुषाकाे मिथिला नगरपालिकामा निर्माण गर्न भनिएका क्रिटिकल केयर तथा ट्रमा सेन्टरका लागि नयां जग्गा खाेजी गर्न सार्वजनिक सुनुवाई कार्यक्रम गरिएकाे छ ।
नेपाल सरकारद्वारा देशका तीन ठाउंमा निर्माण गर्ने घाेषणा गरिएकाेमा मिथिला नगरपालिकाकाे ढल्केवर पनि एक हाे ।
गत वर्षकै याेजना रहेकाे साे ५० शैयाकाे ट्रमा सेन्टर अस्पताल निर्माणका लागि सरकार चालू आर्थिक वर्षमा ६६ कराेड रूपैया बजेट समेत राताे किताब राखि सकेकाे छ । तर राजनितिक विवादका कारण हालसम्म जग्गा छनाैट गर्न सकिएकाे छैन ।
दुई/दुई ठाउंकाे प्रस्तावित जग्गा सम्बन्धित निकायद्वारा अस्वीकृत भएपछि मेयर हरिनारायण महताेले वडा नं. ९ बेगा स्थित बाैवा हाेटल नजिककाे माध्यमिक विद्यालयकाे जग्गा मापदण्ड पूरा भएकाेले त्यस प्रस्तावमा सुझाव संकलन गर्न राजनितिक दल र नगरवासीकाे सहभागितामा सार्वजनिक सुनुवाई कार्यक्रम आयाेजना गरेका थिए ।
सार्वजनिक सुनुवाई कार्यक्रममा कांग्रेस सहितका सता गठन्धन दलले पुर्व प्रस्तावित ढल्केवरकै वडा नं. २ कै जग्गामा सहमति गर्न अडान राखेका थिए ।
कार्यक्रममा नगरपालिकाका मेयर हरिनारायण महताेले विभागद्वारा अस्वीकृत भइसकेकाे प्रस्ताव राखेका थिए । दुवै पक्षकाे विवाद अल्झिदै जांदा अन्ततः मेयर महताे राजनितिक प्रतिशाेध नसाध्न आग्रह गर्दै मापदण्ड पूरा गरेका उपयुक्त जग्गा छनाैट गरेर दिन मांग गरेका थिए ।
उनले राजनितक विवादमा अल्झेर हामी समयमै जग्गा छनाैट गरेर दिन सकेनाै भने साे ट्रमा सेन्टर अन्तै जिल्लामा सक्ने भएकाले विकासकाे कार्यमा बाधक नबन्न आग्रह गरेका थिए ।
कार्यक्रममा केही व्यक्तिले मरधर चिहान डाडां स्थित लालभिती चाैककाे जग्गा सबै मापदण्ड पूरा गरेकाले प्रस्तावमा सहमति गर्न सुझाव दिएका थिए । कार्यक्रममा मेयर महताेले १५ शैयाकाे निर्माण हुने अस्पतालका लागि समेत नयां जग्गा छनाैट गरेर दिन राजनितिक दलका प्रतिनिधि र नगरवासीसंग आग्रह गरेका थिए ।
कांग्रेस सता गठबन्धन सहितका दलले ढल्केवरका लागि याेजना राखिएकाे त्यहांकाे साविककाे वडा नं. २ र हालकाे वडा नं. ७ स्थित गैरीटाेलमा नै राख्नुपर्ने अडान राख्दै आएका छन । कांग्रेस विगतमा ढल्केवरमै निर्माण हुनुपर्ने भन्दै आन्दाेलन समेत गरेका थिए ।
नगरपालिकाले ढल्केवरकाे गैरीटाेल र बण्डारा नजिककाे जग्गा प्रस्ताव गर्दा शहरी विकास तथा भवन निर्माण विभागका संघीय आयाेजना कार्यान्वयन इकाईले मापदण्ड पूरा नगरेकाे भन्दै गएकाे असार महिनामै अस्वीकृत गरिसकेका छन ।
आयाेजनाले नगरपालिका अन्तर्गत पर्ने पुर्व पश्चिम राजमार्गकाे ५ सय मिटर दायाँ बायाँ सापेक्षित रूपमा बाढी र डुबानकाे जाेखिम नरहेकाे ३ विग्घा प्रयाेग याेग्य जग्गा सहितकाे मापदण्ड निर्धारण गरेकाे हाे ।
कांग्रेस सहितका दलले भन्दै आएका ढल्केवर वडा नं. २ काे जग्गा राजमार्गभन्दा २ किलाेमिटर टाढा रहेकाे र बडहरी स्थित जग्गा नदी किनारमा रहेकाे कारण बाढीकाे जाेखिम हुन सक्ने भन्दै आयाेजना इकाईले अस्वीकृत गरिसकेकाे छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !